logo
  • शनिबार, भाद्र २० २०८३

भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिजय कुमार मगर, कतार।
मिति २०१८ मार्च १० तारीख शुक्रबार नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्व, नेपाल मगर साँस्कृतिक संघ काठमाडौंका पुर्व केन्द्रिय सदस्य लोकदोहोरी गायिका लाली बुढाथोकि मगरज्युको प्रमुख आतिथ्य तथा नेपाल मगर साँस्कृतिक संघ, काठमाडौंका केन्द्रिय सदस्य गायिका तारा श्रीस मगरको विशेष उपस्थिति मा दोहामा स्थित नेपाली आँगन रेस्टुरेन्टमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिशिष्ट अतिथिहरुमा संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, अतिथि कलाकारहरु लोकदोहोरी गायकहरु रबि कार्की, अमीत बिश्वकर्मा र नृत्यांगना रबिना भण्डारी हुनुहुन्थ्यो ।

अन्य अतिथिहरुमा संघका सल्लाहकार सदस्यहरु भिम तरामु मगर, जनक थापा मगर, लिलम चिदी मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, मगर साँस्कृतिक परिवार संयोजक भुपेन्द्र रिखाम मगर मानार्थ सदस्यहरु बबिन राई, टेक रसाइली, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, मोना कतारका अध्यक्ष रबिन पौडेल, मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईली, बिश्वकर्मा समाजका का. वा. अध्यक्ष गम बहादुर बि.क., वसन्त फिल्मिसका ब्याबस्थापक शरद पान्डे र छोर्गे बचत तथा सहकारी संस्थाका अध्यक्ष योगेन्द्र तामाङ हुनुहुन्थ्यो ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दैसंघका कोषाध्यक्ष केशव राना मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए । कार्यक्रममा मोना कतारले आयोजना गरेको १५औं वार्षिकोत्सब तथा तेस्रो विविध साँस्कृतिक धमका—२०१८ कार्यक्रम लाली बुढाथोकी मगर, रबि कार्की , अमीत बिश्वकर्मा र रबिना भण्डारी लाई संघको तर्फवाट कार्यक्रम सभापति शेर बहादुर रोका मगर तथा कुमारी बुम धमाकाका लागि नेपाल बाट आउनु भएका गायिका तारा श्रीस मगर तथा अन्य अतिथिहरु बाट खादा ओढाएर सम्मान पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै लोकदोहरी गायक रबि कार्कीले सम्मानका लागि सम्पुर्ण उपस्थित कलाकारको तर्फबाट धन्यवाद ब्यक्त गर्नु भएको थियो भने बिशेष उपस्थित रहुनु भएका तारा श्रीसले दोस्रो पटक मगर संघ कतार संग भेटघाट गर्न पाउँदा आफुलाइ खुशी लागेको साथै भेटघाटको अवसर मिलेकोमा धन्यवाद व्यक्त गर्नु भयो । संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले मगर संघ कतारको बारेमा जानकारी दिंदै उहाँहरुको उज्वल भबिस्यको कामना गर्दै नेपालको यात्रा सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल मगर साँस्कृतिक संघ पुर्व केन्द्रिय सदस्य तथा लोकदोहरी गायिका लाली बुढाथोकी मगरले मगर संघ कतारले गरेको सम्मानका लागि धेरै धेरै धन्यवाद दिदै मगर संघ कतार संग भेटघाट गर्न पाउदा अत्यन्त खुशी रहेको र प्रवासमा रहेर पनि आफ्नो कला, संस्कृती भेषभुषा र भाषालिपी लाई जोगाइ रहेकोमा मगर संघ कतार लाई धन्यवाद दिदै आफू मगर हुनामा गर्व लाग्ने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा बोल्नु हुँदै कार्यक्रमका सभापति शेर बहादुर रोकामगरले कलाकारहरु तारा श्रीस मगर, लाली बुढाथोकी मगर, रबि कार्की, अमीत बिस्वकर्मा र रबिना भण्डारी लाई भेटघाट गर्न समय दिनु भएकोमा मोना कतार र बुम रिमिटलाई धन्यवाद दिदै उहाँहरुको उज्वल भबिष्यको कामना गर्न हुँदै सम्पुर्णलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend