साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, कतार ।
नेपालका ख्याती प्राप्त कलाकारको उकृष्ट प्रस्तुति रहेको कुमारी बम सुपर स्टार नाईटमा दर्शक दिर्घा खाली रह्यो । दर्शकहरुको खडेरी परेको स्टार सांगीतिक कार्यक्रम नेपालका स्टार कलाकारहरु आफ्नो प्रस्तुतिमा पानी बिनाको माछा जस्तो छटपटाइरहेका थिए ।
दर्शकहरु नभएको खाली हलमा कलाकारहरुले जति सुकै राम्रो प्रस्तुति दिए पनि खल्लो हुन्छ, त्यस्तै अनुभव कलाकारहरुलाई पनि भएर होला अभिनेता तथा हास्य कलाकार जितु नेपालले राम्रा राम्रा कुराहरु लेखिदिन स्टेजबाट नै पत्रकारहरुलाई आग्रह गरेका थिए l सरमले कलाकारहरुले नै राम्रो राम्रो कुराहरु मात्र लेख्न स्टेजबाट नै अनुरोध गर्दा अब आफैले अनुमान लगाउनु होस् पाठक मित्रहरु स्टार कुमारी बम नाईटले कस्तो सफलता हात परेको होला । कार्यक्रमको लागी आएका कलाकारहरुको बारेमा प्रचारप्रसारको कमि या आयोजकको अल्छिपन त्यो कार्यक्रमको पछिको समिक्षामा थाहा होला तर भोलिका कुराहरु जे भए पनि कार्यक्रममा कलाकारहरुको प्रस्तुति उत्कृष्ट भएपनि कुमारी बम सुपर स्टार नाईट फ्लप भयो l
कार्यक्रम के कारणले फ्लप भयो त्यो आयोजकहरुको समीक्षाले बताउला तर कतारमा हुने हरेक कार्यक्रम सफल भएको हामी हेर्न चाहान्छौ । कार्यक्रम अगाडी कार्यक्रममा संयोजक समेत रहेका धीरेन्द्र पन्त कार्यक्रमका सफलताका साथ सम्पन्न हुनेमा कन्फिडेन्ट देखिन्थे l उनले कार्यक्रम हुन भन्दा केहि दिन पहिला दोहामा रहेका पत्रकारहरु तथा बिभिन्न सामाजिक संघस्स्थाहरुलाई कार्यक्रम बारे जानकारी दिदाँ सतप्रतिसत सक्सेस हुने अनुभूति दिएका थिए l
नरेश भट्टराईले उद्घोषण रहेको उप्त कार्यक्रममा मैथली तथा भोजपुरी,नेपाली अनि हिन्दि भाषामा विभिन्न प्रस्तुति दिइएको थियो l कार्यक्रममा पप गायिका एन्जिला रेग्मी नायिका अनु शाह,गायिका राधिका हमाल अनि सारीका घिमिरे आफ्नो प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिए । हाँस्य कलाकार जितु नेपाल ,कुटुमा कुटुका राजनराज सिवाकोटी तथा चर्चित अभिनेत्री निरुता शिँह ,अनिल सिँह,शँकर बि सिको प्रस्तुति बिशेष रह्यो l अनिल सिँहले आफ्नो आई लभ यु भन्दै सबै मन जित्दा गायक सन्तोष राज, सेलिना कुवँर ।र युबराज चौँलागाँईले आफ्नो उत्कृष्ट गितहरुले दर्शकहरुलाई झुमाएका थिए।
कार्यक्रममा सदाबहार नायिका निरुता शिहलाई कतारका लागी नेपाली महमहिम राजदुत रमेशप्रसाद कोईराला ,बुम रेमीटका धिरेन्द्र पन्त तथा कुमारी बैकका प्रतिनीधी र उपस्थीत कलाकारहरुको बिच सम्मानपत्र प्रदान गरिएको थियो। कुमारी बुम सुपरस्टार नाईट्स नाम दिईएको साँगितीक कार्यक्रम कुमारी बैँक तथा बुम रेमिटको आयोजनामा ओमसलाल अल सानिम ईण्ड्रिस्ट्रीयल यरियामा रहेको ग्राण्डमलको एम्पिथिएटरमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend