logo
  • शनिबार, भाद्र २० २०८३

भारतमा गुल्मी -भुर्तुङ्ग सम्पर्क समिति को तेस्रो बार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली ।
भारतमा कार्यरत भुर्तुड्गेलीहरुको साझा संस्था गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत) ले स्थापना को तेस्रो बार्षिकोत्सव  भव्यका साथ सम्पन्न गरेको छ ।नयाँ दिल्ली स्थित दरियागंजको सभागारमा सम्पन्न कार्यक्रम मा कराड्ग तुड्ग की बयोबृद्दा तथा समाजसेवी लिला कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रम मा बक्ताहरु मोहन पौडेल, टिका कणेल, मुकुन्द पौडेल लगाएत ले बोल्दै समितिका गतिविधि र आगामी कार्यक्रम बारे प्रकास पार्नुभएको थियो। कार्यक्रम मा बोल्दै समिति अध्यक्ष टिका बहादुर कार्कीले जन्मभुमी को लागि सबै एक भएर लाग्न आग्रह गर्नुभयो।
कराड्ग तुड्ग आमा समुह की सदस्य कौसिला कार्की, नवकिरण युवा कल्व खस्कोटका सदस्य तथा उदयिमान भलिवल खेलाडी रेसम परियार, नव गायक ईन्द्र गिरी लगायतले बोल्दै समितिको प्रगति को कामना गर्नुभएको थियो । सामान्य जलपान सहितको कार्यक्रमको अध्यक्षता समिति का अध्यक्ष टिका बहादुर कार्की को अध्यक्षता र समिति महासचिव देवेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सोही अवसरमा छापचौर स्थित दुर्गा भवन उच्च माध्यमिक विद्यालय बाट एस ई ई मा उत्कृष्ट अंक ल्याउने तथा जेहेन्दार बिधार्थीलाई प्रोत्साहन स्वरुप नगद र प्रमाण पत्र प्रदान गर्ने निर्णय लाई निरन्तरता दिने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend