साझा नेटवर्क
डोटी, आषाढ ०७।
तिलतालीमा दोस्रो पटक बाढी पस्दा स्थानिय बासि त्रसित बनेका छन् । जिल्लाको लाटामाण्डौ गाविस वर्डा नं. ९ तिलतालीमा सोमबार बिहान पसेको बाढीले केआई सिहं राजमार्ग पनि अबरुध्ध गरेको थियो । सोमबार बिहान त्यस क्षेत्रमा चल्ने सवारि साधनहरु पनि ठप्प रहेका थिए । केहि बेर पछि स्थानिय बासि र प्रहरीको सहयोगमा बाटो खुलेको थियो ।बाढीले त्यस क्षत्रका ३० भन्दा बढि घर परिवारहरु बिस्तापित भएका छन् ।
स्थानिय खोलाले धार परिबर्तन गरि गाउँ तिर आए पछि स्थानिय बासिको भागाभाग परेको थियो । बिहान परेको अबिरल बर्षाका कारण आएको बाढीले खेतियोग्य जमिनमा लगाएको खेति नस्ट गर्नुका साथै गोठमा बाधिएका चौपायाहरु खिलमा डुबेका छन् । स्थानिय बासि कुन्ती टमाटाको एक गाई र चद्र टमटाको एक बाख्रा गोठमा पानि पसेर डुवाउदा मरेको अबस्थामा भेटिएका छन् ।खोलाको किनारमा रहेको बस्ति एक दमै जोखिममा रहेको छ । दिउँसो स्थानीय बाढी पिडितलाई पाल बितरण गरिएको छ । ‘उतिबेला ज्यानै जोगाउन हम्मेहम्मे थियो,’ स्थानीय मनु टमटाले भनिन्, ‘बाढी आउदा कोलाहल सहित जम्मै यताउता भाग्नुपर्ने अबस्था आएको थियो ।’
केहि समय मात्रै परेको भारी बर्षाका कारण त्यस क्षेत्रको रुप नै फेरिएको छ । खोलाले धार परिबर्तन गरेको छ । कसको जमिन कता थियो, पूरानो खोला कता थियो पत्ता लगाउनै नसकिने अबस्था छ । धैरै जसो दलित बस्ति र केहि खोला वरपरका अन्य घरहरु भित्र खिल जमेको छ, तल्लो तलामा राखिएका सामानहरु, भाँडाकुँडाहरु बगाउनुका साथै खिल भित्र डुवाएको छ । स्थानीय बासि अमर बिक भन्छन् “सरोकारवालाले तत्काल पहल नचाले गाउँका सबै बासिन्दाहरुले डोको नाम्लो बोकेर अन्तै बाटो तताय हुन्छ । बिहान परेको अबिरल बर्षाले जंगल बाट ठुल्ठुला काठ, ढुंगा मुडा बगायर पानि निकासि हुने खोला अबरुद्ध गरेपछि गाउँ तिर हानियको खोलाले ३० भन्दा बढि परिवारलाई त्रसित बनाएको छ ।
बस्ति बिस्तापित हुनुको बिकल्प छैन ।” अर्का एक बाढी पिडित परि बिकले भने रात नपरेको भए हुन्थ्यो कुन बेला रातमा बाढी आउँछ र सर्बस्व बगाउँछ अहिले पनि मन सान्त हुन सकेको छैन् । ‘अचम्मै भयो ! एकाएक ठुलो पानी आयो । गाउँमाथिबाट पुरै पहाड बगाएर ल्याएजस्तो गरी गाउँमा पस्यो,’ स्थानीय नरु टमटाले भनीन्,‘उतिबेला त,ज्यानै जोगाउन धौँधाँ परिरहेको थियो । धन्न ज्यान त जोगियो । तर, घरखेतमा क्षती पुगेको छ ।’
घरहरुमा क्षती पुगेपछि सो क्षेत्रका बासिन्दा हाल सडकमै बास बस्नुपर्ने अबस्था सिर्जना भएको छ । प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्य सो क्षेत्रमा सोमबार नै अनुगमनमा गएका थिए । उनीसंग स्थानीयले तत्कालका लागि राहत तथा सुरक्षित बासका लागि आग्रह गरेका थिए । प्रमूख जिल्ला अधिकारी आचार्यले तत्कालका लागि पिडितहरुको व्यबस्थापन गर्न गाविस तथा जिल्ला बिकास समितिलाई निर्देशन दिएका छन् ।यस अघि त्यस क्षेत्रमा जेठ २६ गते बुधबार साँझ ६ः१५ बजेतिर एकाएक मुसलधारे परेपछी बाढी गाउँमा पसेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend