साझा नेटवर्क
कमल पौडेल , बागलुङ फागुन २६ ।
बागलुङ गल्कोट ११ रिघाको खेल मैदानमा चलिरहेको पश्चिमकै ठूलो राशिको फुटवल प्रतियोगितामा रानिवगिया युवा क्लव वुटवल विजेता वनेको छ।
रानिवगिया वुटवलले विजेता वन्दै १ लाख १ हजार १ सय ११ नगद सहित मेडल र ट्रफि हात पार्न सफल भएको छ। त्यस्तै रिघा खेलकुद विकास समिति, रिघा उपविजेता वन्दै ५५ हजार ५ सय ५५ रुपैयामा चित्त वुझाएको छ। फागुन १९ गते देखि (शुक्रवार) २५ गते सम्म भएको ७ दिवसीय खेलको अन्तिम दिनको फाइनल खेलमा वुटवलले २–० गोल अन्तरले रिघालाई पछि पार्दै विजेता वनेको हो।
त्यस्तै खुल्ला सामुहीक लोक नृत्य प्रतियोगीतामा ग्वालीचौर प्रथम, पाण्डवखानी द्धितिय र आयोजक तृतिय भएका छन्। प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमस २० हजार २ सय २२, १० हजार १ सय ११ र ५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्। त्यस्तै ऐतिहाँसिक धनुषवाण प्रतियोगितामा शिव मिलन युवा क्लव रिघा लाम्चे प्रथम हुँदै १० हजार हात पारेको छ भने आयोजक द्धितिय भई ५ हजारमा चित्त वुझाएको छ।
कार्यक्रममा स्थानिय सोरठी, घाटु लगाएतका साँस्कृतिक झलक र झाँकीहरुको प्रदर्शन गरिएको थियो। भने कार्यक्रमको लागि सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको लागी झण्डै ११ लाख वढि खर्च भएको र २५ लाख भन्दा वढिको कारोवार भएको वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिनुभएको छ।
कार्यक्रमको अन्तिम दिन पश्चिमाञ्चल खेलकुद विकास समिति पश्चिमाञ्चका अध्यक्ष खगराज पौडेलले कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै खेलमा अनुसासन महत्वपूर्ण हुने भन्दै खेलाडिलाई सचेत हुन आग्रह गर्नुभएको थियो। गल्कोटको रिघा फुटवलमा अगाडि वढिसकेको भन्दै थप पूर्वधार विकासको लागी राज्यले लगानी गर्दै जानुपर्ने वताउनु भएको छ। कार्यक्रममा पश्चिमाञ्चल सदस्य एवं धौलागिरि इन्चार्ज सम्पन्न श्रेष्ठ, खेलाडि थम प्रकाश पुन लगाएतले वोल्नुभएको थियो।
कार्यक्रम खेलकुद विकास समिति रिघाका अध्यक्ष दान श्रीसको अध्यक्षता, सचिव इन्द्रा काउचाको स्वागत मन्तव्य तथा सल्लाहकार देव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend