साझा नेटवर्क
कमल पौडेल , बागलुङ फागुन २२ ।
बागलुङको गल्कोट ११ रिघाको खेल मैदानमा चलिरहेको बागलुङ पश्चिमकै ठूलो राशिको फुटवल प्रतियोगितामा रानिवगिया युवा क्लव वुटवल र बजार व्यावस्थापन समिति काँडेवास बागलुङ सेमी फाइनलमा प्रवेश गरेका छन्।
१५ समुहको सहभागिता रहेको खेलको आज भएको क्वाटर फाइनलमा वुटवलले वुर्तिवाङ राइजिङ युवा क्लवलाई प्यानल्टि सुटआउटवाट १ गोलले पछि पार्दै र काँडेवासले रिघा युवा समिति रिघालाई प्यानल्टि सुटआउटवाटै १ गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा पुगेका हुन्। भोली पनि क्वाटर फाइनलका खेल हुने आयोजकले जनाएको छ।
यसैविच मंगलवारको खेलको उद्घाटन गर्दै पूर्व सांसद नर वहादुर पुन निरजले रिघालाई गल्कोटकै फुटवल हव वनाउनु पर्ने वताउनु भएको छ। राष्ट्रिय स्तरमा क्रिकेट र फुटवलको राम्रो प्रदर्शन वढेको भन्दै खेल क्षेत्रको लागि राज्यले थप लगानी गर्नुपर्ने वताउनु भएको छ। त्यस्तै गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीसले युवालाई खेलकुद तर्फ आकर्षित गर्न गल्कोट नगरले आवश्यक वजेट र कार्यक्रम अगाडि वढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा आज मंगलवार लोक तथा दोहोरि गायीका सपना गाहा, लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ। १९ गते देखि २५ गते सम्म चल्ने सो प्रतियोगितामा हरेक दिन फरक अतिथिले सम्बोधन गर्दै आएको २५ गते मुख्य मन्त्रिले सम्बोधन गर्ने कार्यक्रम रहेपनि कार्यव्यस्तताका कारण आउन नसक्ने खवर आएपछि अन्य अतिथिको तयारी गरिएको रिघा खेलकुद विकास समितिका अध्यक्ष दान वहादुर श्रीसले वताउनु भएको छ।
कार्यक्रम युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष दान वहादुर श्रीसको अध्यक्षता, सचिव इन्द्रा पुनको स्वागत मन्तव्य तथा सदस्य साजन वस्यालको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend