साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौ फागुन २१।
पाकिस्तानका प्रधानमन्त्री शहीद खकान नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार आएका इस्लामिक गणतन्त्र अब्बासीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। सोमबार बेलुकी साढे ५ बजेपछि उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गरेसँगै अब्बासीको सम्मानमा गार्ड अफ अनरप्रदान गरिएको हो। समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो।
समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend