logo
  • शनिबार, साउन ३० २०८३

अफगानिस्तानमा मारिएका १२ नेपालीको पहिचान (नामावली सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, आषाढ ०६।
अफगानिस्तानमा बम विस्फोटमा मारिएका १२ नेपालीको पहिचान भएको छ । परराष्ट्रमन्त्रालयले १२ नेपालीको पहिचान भएको जनाएको छ । विहान आत्मघाती विस्फोटमा परि उनीहरुको मृत्यु भएको थियो ।

19062016043825Online-1000x0परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यस्ताे जानकारि गराएकाे हाे । विस्फाेटमा १४ जनाकाे ज्यान गएकाे भए पनि २ जनाकाे सनाखत हुन सकेकाे छैन । अन्य दुइ जनाकाे अनुहार पनि नेपालीसँग मिल्दाे जुल्दाे भएकाले पुष्टि हुन नसकेकाे मन्त्रालयले जनाएकाे छ । विस्फाेटमा ७ जना नेपाली घाइते भएका छन् । मृत्यु भएकाहरूकाे शव नेपाल ल्याउने पहल भइरहेकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पाैडेलले जानकारी दिए ।

क्यानेडियन दुतावासमा सुरक्षागार्ड रहेका उनीहरू काममा जाने क्रममा विस्फाेटमा परेका थिए । उनीहरू सवार वसमा तालीवानले अात्मघाती विस्फाेट गराएका थिए । विस्फाेटमा अफगानकाे अान्तरिक मामला मन्त्रालयले १४ जना नेपालीकाे मृत्यु भएकाे बताए पनि परराष्ट्रमन्त्रालयले भने १२ जनाकाे पहिचान भएकाे जनाएकाे हाे ।

पहिचान हुनेको नामावली :

  • अकुल तामाङ, सुनसरी
  • चन्द्र बहादुर राना मगर, काठमाडौं
  • हरिबहादुर बडुवाल क्षत्री, काठमाडौं
  • विदुरबहादुर सुवेदी क्षत्री, काठमाडौं
  • अमृत बहादुर थापा, लमजुङ
  • सुपबहादुर गुरुङ स्याङजा
  • डम्बर बहादुर तामाङ, नुवाकोट
  • लिलबहादुर गुरुङ, नुवाकोट
  • मधुसुदन कोइराला, नुवाकोट
  • नविन सिंह क्षेत्री, पर्वत
  • कृष्ण बहादुर ढुंगाना, चितवन
  • जितेन्द्र सिंह थापा, बुटवल

 घाइते हुनेहरू

  • प्रेम बहादुर क्षत्री, माेरङ
  • चेत प्रसाद शेरचन, म्याग्दी
  • कुमार बहादुर गुरूङ, गाेरखा
  • मान बहादुर थापा, चितवन
  • कृष्ण कुमार देउजा, चितवन
  • अमृत राेकाया क्षेत्री, सुर्खेत
  • च्याङ्वा तामाङ, नुवाकाेट

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend