साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १६ ।
नेपाल ओलम्पिक कमिटि विहुँकोट शाखा डोजोको आयोजनामा भएको प्रदेश नं. ४ स्तरिय प्रथम कराँते च्याम्पियनसिप २०७४ मा बडिगाड डोजो को तर्फवाट उत्कृष्ट हुने खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको छ। सो पुरस्कार वितरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले खेलमा अनुसासन महत्वपूर्ण भएको भन्दै ध्यान दिन खेलाडिहरुलाई आग्रह गर्नुभएको छ।
कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। गत माघ २८ देखि फागुन १ गते सम्म काठेखोलामा सम्पन्न भएको प्रतियोगीतामा वडिगाड डोजोको तर्फवाट ३५ केजि केटा तर्फ नविन थापाले गोल्ड मेडल तथा ४ जना खेलाडिले रजत र ५ जनाले काश्य पदक हात पारेका थिए।
विजेता खेलाडिहरुको लागी वडिगाड डोजोले प्रथमलाई १५ सय, द्धितियलाई एक हजार, र तृतियलाई ५ सयका दरले थप पुरस्कारको व्यावस्था गरिएको थियो । कार्यक्रम बडिगाड डोजोका अध्यक्ष तथा प्रमुख प्रशिक्षक राजन पाइजाको संचालनमा सम्पन्न भएको थियो।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend