logo
  • शनिबार, साउन ३० २०८३

टी १०को खेलमा डाफे टिम विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

ओम प्रकाश बानियाँ ।
बराहका खेलप्रेमीको आह्वान बराहमा क्रीकेट मैदान भन्ने नाराका साथ बराह-५ रामझोडामा बराह मै पहिलो पटक क्रीकेट मैदान बनाउने उदेश्यका साथ सिदार्थ मेमोरियल इङलिस स्कुलको २ क्रीकेट टिम डाफे क्रीकेट टिम र लालिगुरास क्रीकेट टिम बिच एक दिबसिय क्रीकेट प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता आयोजना सिदार्थ मेमोरियल इङलिस स्कुल बराह-५ ले गरेको थियो । उक्त प्रतियोगिताका सभापति सिदार्थ स्कुलका शिक्षक तथा खेलका सम्योजक कमल खड्का तथा प्रमुख अतिथी जनजागृती सामुदायिक बन बराह-५ का अध्यक्ष खड्ग बहादुर कार्की, सिदार्थ स्कुल का २ टिम डाफे क्रीकेट टिम र लालिगुरास क्रीकेट टिम बिच भएको उक्त प्रतियोगितामा डाफे क्रीकेट टिमले लालिगुरास क्रीकेट टिमलाई ७ रनले पराजित गरेको थियो ।

खेलको बिजेता डाफे टिमले निर्धारित १० ओभर खेल्दै ८ विकेट गुमाएर ९० रन बनाएको थियो । ९१ रनको लक्ष्य पाएको लालिगुरास टिमले १० ओभरको समप्तिमा ४ विकेट गुमाउँदै ८३ रनमा समेटिएको थियो । डाफेको जीतमा क्याप्टेन रोहन साहले सर्बाधिक ४४ को योगदान गरेका थिए ।

डाफेका रोहन साह प्रतियोगिताका उतकृस्ट ब्याटम्यान घोषित भए भने डाफेकै सुमित साह उतकृस्ट बलर घोषित भए । प्रतियोगिता बराह-५ रामझोडाको खेलमैदानलाई क्रीकेट मैदानको रुपमा बिकास गर्न र बराहका खेलाडीहरुलाई उर्जा प्रदान गर्न गरिएको खेलका सभापति कमल खड्काले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend