साझा नेटवर्क
कपिल ज्ञवाली, बुटवल आषाढ ६।
रोटर्याक्ट क्लव अफ बुटवलले भुकम्प पिडितहरुको सहयोगका लागी संकलित रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको छ। काठमाण्डौमा सम्पन्न पदाधिकारी सम्मेलन तथा सम्मान समारोहका विच अमेरिकामा रहनु भएका युवाहरुको पहल र प्रयासमा म नेपाली पेजवाट संकलित रकम फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।
अमेरिकामा रहनु भएका किरण ढकाल, केशव ढकाल, वसन्त भट्टराई, अरुण शर्मा र विवेक पौडेलको विशेष पहलमा सहयोगदाताहरु वाट संकलित रकम हस्तान्तरणको जिम्मेवारी म नेपाली पेजले रोटर्याक्ट क्लव अफ बुटवललाई प्रदान गरेको थियो ।समारोहका विच संकलित २ लाख ८० हजार ६ सय ३३ रुपैया धुर्मुस सुन्तली फाउण्डेशनका संचालक कुन्जना घिमिरे सुन्तली लाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका रोटरी गभर्नर इलेक्ट जया राज्यलक्ष्मी शाह र रोटर्याक्ट क्लव अफ बुटवलका अध्यक्ष विष्णु रसालीले उक्त रकम संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा क्लवका निवर्तमान अध्यक्ष यादव भण्डारीले म नेपाली पेजको योगदान वारेमा वोल्दै सहयोगी हातहरुलाई सम्मान गर्नुपर्ने वताए ।सोे सहयोगले धुर्मुस सुन्तली फाउण्डेशनलाई थप हौसला मिलेको वताउदै सुन्तलीले सहयोगी संस्थाकोे प्रसंसा गरिन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend