logo
  • शनिबार, भाद्र २० २०८३

कुवेतमा कार्यरत नेपालीले गरे आविष्कार केन्द्रलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाण्डौं, फागुन १० ।
कुवेतमा रहेको नेपालीहरुको संस्था “सगरमाथा परोपकारी समाज कुवेतबाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाखुशी स्थित रातोभाले रेष्टुरेन्टमा एक कार्यक्रम गरी संस्था उपाध्यक्ष निम केसीबाट नगद रु १ लाख ६ हजार रकम हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरणपछि बोल्दै उपाध्यक्ष केसीले सहयोग रकमले आविष्कार केन्द्रले आगामी दिनमा अझ शसक्त काम गरोस भन्ने कामना व्यक्त गरे । त्यस्तै आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आविष्कार केन्द्रको काम अगाडी बढिरहेको र निकट भविष्यमा यसले गति लिदैं राष्ट्रको प्रतिभा जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सगरमाथा परोपकारी समाज कुवेतले विदेशमा रहेर पनि स्वदेसका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ भने राष्ट्रिय अविष्कार केन्द्र काठमाण्डौंले देशका हरेक क्षेत्रको अनुसन्धान गर्दै ति क्षेत्रमा प्रतिभा जन्माउँदै उनिहरुलाई प्रोत्साहित गर्दै आएको छ । उक्त संस्थामा हाल सम्म करिव ६ करोड जम्मा भई गत ६ महिना देखि उद्देश्य अनरुपको काम सुरु गरिएको अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend