साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ६।
गुल्मीको वामी घर भई जापानमा कार्यरत रोशन केसीले आशा अपाङ्ग केन्द्रमा १ लाख धनराशीको अक्षयकोष स्थापना गरेका छन । उनले आफ्नी स्वर्गिय माताको स्मृतिमा अपाङ्गता भएका व्यक्तिहरुको उद्धारका लागि अक्षय कोष स्थापना गरी दिएका हुन् ।

गुल्मी सेवा समाज जापनका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रहेका केसीले आज आशा अपाङ्ग केन्द्रमैं पुगेर कोषको स्थापना गरेका हुन् । उनले जापनमा रहेर एनआरएनमा समेत आवद्ध भई गुल्मीका थुप्रै असाहयहरुको उद्धार गर्नुका साथै जिल्लाको शैक्षिक र अन्य साममाजिक क्षेत्रमा अतुलनिय योगदान पुराउँदै आएका छन् । त्यस्तै वामी –२ का सुदिप सापाकोटाले पनि ५० हजार राशीको कोष स्थापना गरेका छन् । उनले पनि जापनबाटै आएर उक्त कोष स्थापना गरका हुन् ।

उनले अढाई वर्ष अघि आफ्ना धर्म पिता जापनिज नागरिक नवुओ कोवायासी मार्फत महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामीटाक्सारलाई १० लाख नगद सहयो हस्तान्तरण गरेका थिए । त्यस्तै आपचौर– ४ पुर्खेयौली घर भई हाल वुटवलको शंकरनगर वसाई सराई गरी जापनमा कार्यरत देविदत्त अर्यालले आशा अपाङ्ग केन्द्रलाई १० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै दिव्रुङ्ग घर भई जापनाममै कर्यारत बुद्धकमारी गौतम १५ हजार र देविलाल गौतमले ५ हजार सहयोग गरेका छन् ।

उक्त संस्थालाई सहयोग गरेको प्रति प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले सहयोगदाता सवै प्रति आभार प्रकट गरका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार प्रेम बानियाँ, सुरुक्षा निकायका प्रमुखहरु , त्यस संस्थाका संस्थापक दानबहादुर केसी लगायतको सहभागीता रहेको थियो । सहयोदातालाई संस्थाले सम्मान गर्नुका साथै मायाको चिनो प्रदान पनि गरेको थियो ।
आशा अपाङ्ग केन्द्रलाई हात नथाप्न प्रेम बानियाँको सुझाव
यसै विच गुल्मीको बडागाउँका अग्नी पिडितहरुको अवस्थावारे रिर्पोटिङ्ग गर्न आज गुल्मी आई पुगेका न्युज ट्वान्टीफोर टेलिभिजनका समाचार प्रमुख तथा पावर न्युजका सञ्चालक प्रेम बानियाँले आशा अपाङ्ग केन्द्रलाई सधै सहयोगको हात नथाप्न सुझाव दिएका छन् । उनले दुनियाँ आज कहाँबाट कहाँ पुगी सकेको छ भन्दै अव आशा अपाङ्ग केन्द्र आफैले श्रोत जुटाउने माध्यम बनाउनु पर्ने सुझाव दिएका हुन् ।
सधै विदेशमा रहेका नेपालीहरु संग हात थापेर कति दिन पुग्छ ? भन्ने प्रश्न गरे । उनले आश अपाङ्ग केन्द्र आफै सक्षम भएर अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नु पर्ने सुझाव दिए । उनको सुझावलाई विस्तारै कार्यन्वयन गर्ने त्यस संस्थाका अध्यक्ष जनार्दन घिमिरे, सञ्चालक समिति सदस्य गणेश श्रीपालीले प्रतिवद्धत्ता जनाएका थिए ।
केन्द्रकी प्रवन्धक गंगा रायमाझीले विशेषतः वैदेशिक रोजगारमै रहेका नेपालहरुकै सहयोगमा संस्था चलेकोले उहाँहरुको आगमी दिनमा पनि उहाँहरुको सहयोगको आवस्यकता परी नै रहने भन्दै सहयोगदाता प्रति आभार प्रकट गरेकी थिईन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend