साझा नेटवर्क
“साना नानिलाइ पानी, सेवा गरे स्वर्ग जानी”
साझा नेटवर्क, राम्चे जेष्ठ ४।
तल अरुण नदि कलकल बगेको छ, सभा उसैगरी, माल्टा खोला र पाङमा खोलामा चिसो पानि बगेको छ तर दृश्य हेरेर तिर्खा नमेटिदो रहेछ । श्री हिमालय निम्न माध्यमिक विद्यालय राम्चे, जहाँ हामिले कखरा सिक्यौं ,पढ्यौं, बढ्यौ, खेल्यौ अनि छोड्यौं । सांच्चै छोड्यौं अनि फर्केर हेरेनौ एकपल्ट पनि त्यो स्कुललाइ । आज त्यो विद्यालय कस्तो अवस्थामा छ ? कस्तो भयो होला त्यो बिगतको स्कुल कसैले खोजिनिती समेत गरेनौं ।
स्थापना भएको ३३/३४ बर्षपछि सम्म पनि विद्यालयको स्थिति उस्ताको उस्तै छ अझै । बिद्यार्थी फेरिए,शिक्षक फेरिए, अरु धेरै कुरा फेरिए होलान तर त्यो विद्यालयको स्तर फेरिएन। “बत्ति मुनिको अँध्यारो भने जस्तो ” भयो त्यो स्कुल ! खाँदबारी बजार नजिकै भएर पनि यो विद्यालयले आधुनिकताको आभास पाउनु त परै जाओस् बिद्यार्थीहरु भत्केको भवन भित्र पढ्न बाध्य छ्न ।

घरबाट पानी बोक्नु वा पढ्ने समयमा पानी बोक्न जानु पर्ने ३३ बर्ष पहिलेकै जस्तो यथावत छ कयौलाई त याद होला कुच्चिएको जग र गाग्रोमा चुहाउदै ल्याएको पानी हारालुछ गरेको पिउनलाइ । खेल मैदान त परै जाओस शौचालयको ब्यवस्था पनि हुन सकेको छैन त्यहाँ । यी सबै समस्या समाधानका लागि स्थानिय स्तरमा प्रयासहरु नभएका पनि होइनन तर सार्थकता पाउन सकेन । हरेक दिन देखिने यस्ता कारुणिक दृश्यले कसैको हृदय पग्लिएन । न त सामाजिक संघ सस्था, एनजिओ वा आइएनजीयो कतैबाट कसैले ती साना बालबालिका लागि केही गरौ भन्ने सदासयता देखाइएन ।

हरेक ब्यक्तिका हातमा मोबाइल भयो, इन्टरनेट भयो तर त्यो स्कुल सधै चालिसकै दशकमा ट्वाल्ल परिरह्यो । विद्यालयका सम्पुर्ण भू.पू. विद्यार्थी, शिक्षक, अभिभावक सबैको सहभागिता र हैसियत अनुसारको स-सानो सहयोगले विद्यालयको स्तरोन्नति गर्न सकिने हुँदा केही साथिहरुको सल्लाह अनुसार श्री हि. नि. मा. वि. राम्चे संरक्षण अभियान देश तथा बिदेशमा व्यापक रूपमा संचालन गर्ने सहमती भएको छ।

अभियानमा सहभागी हुन सम्पुर्ण भु पु विद्यार्थी , शिक्षक ,अभिभावक, साथै अन्य शुभचिन्तक, सामाजिक संघ सस्थाहरु बैचारिक संघ संगठन एवम सम्बन्धित सरकारी कार्यालय, ब्यवसायी, बुद्दिजिवी, कलाकार, पत्रकार एवम विशाल परोपकारी मनका धनिहरुलाइ समेत आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दै आ-आफ्नो तर्फ र हैसियत अनुसारको सहयोगमा जुटिदिनु हुन समेत बिनम्र अनुरोध गदछौ ।
श्री हिमालय निम्न माध्यमिक विद्यालय राम्चे संरक्षण अभियान
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend