logo
  • शनिबार, भाद्र २० २०८३

गायक/सर्जक विन्दासको “बेनी बजार झर्नाले” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
धेरै कला पीडाले जन्माउछ रे ! हुन त म्याग्दी जिल्ला आफैमा एक बिबिधिता बोकेको जिल्ला हो । यहाको धेरै कुराहरु विस्व विख्यात छन । त्यस मध्ये एक संगीत र सांगीतिक फाटमा पनि कम योगदान छैन म्याग्देलीको,  बच्चादेखि बुढा सम्मका स्रष्टाहरु छन म्याग्दीमा ।
beni bajar
सांगीतिक फाटमा यहि जमातमा चर्चित नाम हो म्याग्देली सर्जक फौद कटुवाल बिन्दास । सानैदेखि लेखनमा दख्खल राख्ने बिन्दास बिसेस त मिलन बिछोडमा आधारित सत्यको नजिक बसेर लेख्न रुचाउछन । स्कुले जिबनमा थुप्रै कविता मुक्तक कोरेका यिनले उचित ठाउ भने पाएनन् । थुप्रै सृजना रची रद्दी टोकरीमा फ्याकेर रेगिस्तान प्रवेश गरेका बिन्दास दुवैमा २ वर्ष र कतारमा ५ वर्षभन्दा बढी समय व्यतित गरेका छन ।

प्रवासमा बसी रहदा नै उनले सांगीतिक यात्रा थालेका हुन । कतारमा रहदै गर्दा हरि भण्डारी र बिन्दासले सयुक्त रुपमा पहिलो एल्बम सार्बजनिक गरे । “घाइते बाघ” र “धेरै माया गर्छु भन्नेले” गित समावेस भएको एल्बमले लोक संगीतको क्षेत्रमा यिनलाई स्थापित मात्र गराएन त्यति बेलाको सि.आर.बिटी. डाउनलोडमा टप ५ भित्र पर्न सफल भयो । उक्त एल्बममा समाबेस म्याग्दी राखु आउ है भेट्नलाई पर्खाइमा बस्या छु पिरतीको तिर्खा मेट्नलाइ” (यो गीतको भिडियो बनेको छैन) भन्ने गित धौलागिरि अन्चलमा उक्त साल सबैभन्दा बढि रेडियोमा बज्न सफल गित भयो ।

उक्त एल्बमले अनपेक्षित सफलता हात पारेपछी बिन्दासले सांगीतिक यात्रालाई निरन्तरता दिन प्रवासलाई छाडेर जन्मभूमि लागेका थिए । ४ बर्षको यात्रामा ८ ओटा एल्बम सार्बजनिक गरेका उनले पतित चरित्रमा आधारित सत्य कथामा तयार पारेको रोइला गित सार्बजनिक गरेका छन । नेपाली साँगितिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सर्जक तथा मोडेल बिन्दास यो गित संगै गायकको रुपमा दरिलो उपस्थिति देखाउन सफल भएका छन ।

चर्चित गायक तथा सर्जक बसन्त थापाको लय सिर्जनामा तयार भएको “बेनी बजार झर्नाले” भन्ने गीतमा शब्द फौद कटुवाल बिन्दास कै रहेको छ भने स्वरमा मुना थापा मगरले साथ् दिएकी छिन । ठेट गाउले शब्दमा तयार पारिएको गित भएको हुदा जनजिब्रोमा झुन्डिनेमा आफु ढुक्क रहेको बिन्दास बताउछन । गीतमा पतित चरित्रमाथि चित्रण गरिएको भनिएको छ तपाईलाई पतित त गराएनन कतै र यो सिर्जना आयो भन्ने प्रश्नमा बिन्दास भन्छन- मेरै त नभनौ तर म सत्यताको नजिक बसेर सिर्जना गर्ने भएको हुदा सत्यता भित्रकै कथा हो उनले प्रष्टाए ।

करन चैसिरले छायाँकन गरेको उक्त भिडियोलाई प्रकास भट्टले निर्देशन गरेका हुन । मोडलको रुपमा बिन्दासलाई चन्दा दाहालले साथ दिएकी छिन । बिष्णु शर्माले सम्पादन गरेको उक्त भिडियो म्युजीक नेपालले बजार व्यवस्थापन गरेको छ । आगामी योजनाको बारेमा बताइदिन अनुरोध गर्दा आफुले म्याग्दीको निकै दुखदायी तथा निकै नै चर्चामा आएको बैसरिको पहिरोमा आधारित गीतको सुटिंग हिजो मात्र सकाएको र अर्को आधुनिक एल्बम पनि छिट्टै बजारमा आउने जानकारी गराए ।

लोक विधाको तपाइँ आधुनिक विधातर्फ मोडिनु भएछ नि भन्दा म संगीतको विधाको मान्छे हो संगीतको कुनै सिमाना हुदैन, माया प्रेम अनि बिछोडमा नपरे सम्म सफल सर्जक/गायक भइदैन रे नि भनेर सोधी रहदा खिस्स हासो छर्दै भने मिलन बिछोड जनावर चरा चुरिंगीको त हुन्छ म मान्छे हु भन्दै लामो हासो छरे ।

साझा नेटवर्क परिवार गायक/सर्जक तथा मोडेल फौद कटुवाल बिन्दासको सांगीतिक यात्रा सफलताको कामना गर्दछ । साथै गत हप्ता बजारमा आएको बेनी बजार झर्नाले गीतको भिडियो तल राखिएको छ हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend