logo
  • शनिबार, साउन ३० २०८३

गुल्मेली समाज काठमाडौ द्धारा अग्नि पिडितहरुलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ ४ ।
पूर्व मुख्य सचिव लिलामणी पौडेलले गुल्मीमा आगोलागीबाट भएको क्षती प्रति दुःख व्यक्त गर्नु भएको छ । गुल्मेली समाज काठमाडौले गुल्मीका बिभिन्न ठाउँमा आगोलागीबाट घरगोठ जलेर नष्ट भएका परिवारहरुकोलागी संकलन गरिएको राहत रकम रु १ लाख १ हजार गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेललाई हस्तातरण गर्दै पौडेलले जिल्लामा आगोलागीबाट भएको क्षतीको जानकारी लिदै अग्तिपिडित जनतालाई भइरहेको राहत र पूनस्थापनाका काम वारे जानकारी लिनु भएको थियो ।
gulmi 2
राहत रकम हस्तातरण गर्दै पूर्व मुख्य सचिव पौडेलले जिल्लामा अग्नि पिडित परिवारहरुलाई राहतका काममा भिन्नि ठाउँबाट भएको सहयोग अत्यन्तै राम्रो पाएको बताउनु भयो । समाजका संस्थापक महासचिव समेत रहनुभएका पौडेलले दैबिक विपत्तिले पु¥याएको यस दुखद घडिमा सहयोग गर्ने बिभिन्न संघ संस्थलाई धन्यवाद दिनुभयो ।
gulmi 1
उहाँँले अग्निपिडित परिवारहरुको आर्थिक स्थित अनुसार बिभिन्न संघ संस्था व्यक्तिहरुबाट प्राप्त सहयोग सोहि अनुसार वितरण गर्न सुझाव दिनुभयो । पौडेलले अब वर्षात सुरु हुन लागेकोले वाढी,पहिरोबाट पनि विपत नित्याउँन सक्ने हुँदा त्रिपाल, खाध्यन्न लगायतका राहतका सामाग्रीहरु स्टकमा राख्न आग्रह गर्नुभयो । जिल्लाका बिभिन्न ठाउँमा लागेको आगोलागीबाट घरबार बिहिन बनेका जनालाई सबैठाउँ समान राहत पु¥याउन सुझाव दिनुभयो ।

गुल्मेली समाज काठमाडौले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजित राहत हस्तातरण कार्यक्रममा समाजका महासचिव टंक पन्तले आगोलागिबाट जिल्लामा जनधनको नोक्सानीप्रति दुख व्यक्त गर्दै समाजले गुल्मीबाट काठमाडौंमा रहेका बिभिन्न समाजसेवी व्यक्तिहरुको सहयोगमा संकलन गरिएको उक्त रकम अग्निपिडित परिवारको लागी सहयोग गर्न पाउँदा निकै खुसी भएको बताउनु भयो । उहाँले समाजबाट सहयोग गर्नेक्रम जारी रहेको बताउनु भयो ।

महासचिव पन्तले गुल्मेली समाज काठमाडौंका अध्यक्ष कोशल पोखरेलको असामहिक निधनप्रति दुख व्यक्त गर्नुभयो । उहाँको निधनले एक समाजसेवी अगुवा गुमाएको बताउँदै उहाँको परिवारप्रति गहिरो समबेदना प्रर्कट गर्नुभयो । अग्नि पिडित परिवारलाई लायन्स क्लव बुटवलबाट पनि सहयोग प्राप्त भएको छ । क्लवको तर्फबाट रु ३० हजार नगद सहयोग पा्रप्त भएको थियो ।

प्राप्त सहयोग क्लवका पदाधिकारी सहितको टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेललाई हस्तातरण गरेका थिए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी कँणलले अग्निपिडित जनतालाई सहयोग गर्नुभएकोमा सहयोगी संस्थालाई धन्यवाद दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी कँणेलले अग्निपिडित जनतालाई सरकारी गैरसरकारी संस्थाबाट भएको राहतका कामहरु बारे जानकारी गराउनु भएको थियो ।

गुल्मी जिल्लामा बिभिन्न ठाउँमा लागेको आगोलागीबाट १ सय २१ घरगोठ जलेर नष्ट भएका छन् । आगोलागीबाट घरगोठ जल्दा करिव १० करोड जती क्षती भएको छ । आगोलागीमा परि ४ सय ९७ पशुपंक्षी जलेर नष्ट भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले जानकारी दिनुभयो ।

बैशाख १८ शनिवार गुल्मीमा एकै दिन वडागाउँ र थोर्गामा लागेको आगोलागीमा ठुलो जन र धनको क्षती भएको थियो । गुल्मीमा हाल सम्म बिभिन्न ठाउँमा आगोबाट ४ जनाको मृत्यु भएको छ । आगो निभाउँने क्रममा ३ जना र १ जना आगोमा परि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend