logo
  • शनिबार, भाद्र २० २०८३

युएईमा “प्रदेश ३ एकता समाज युएई” नामक संस्था स्थापना


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रिता लामिछाने, युएई ।
युएईमा “प्रदेश ३ एकता समाज युएई” नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ । नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको प्रतिनिधित्व रहेको छ। यि समाजहरुले आ-आफ्ना जिल्ला स्तरीय कार्यक्रम र संस्थागत संरचनालाई निरन्तरता दिँदै प्रदेश स्तरीय सामाजिक गति बिधिमा सहकार्य गर्नेछन ।

तीन नम्बर स्तरीय एकता समाज यूएईको प्रथम अधिवेशनले धादिङ समाज युएईका पुर्ब अध्यक्ष भिम कुमार अधिकारीको अध्यक्षतामा १९ सदस्यीय समिति निर्विरोध गठन गरेको छ जसमा प्रथम उपाध्यक्षमा समिम खान, द्वितीय.उपाध्यक्ष समशेर योञ्जन, तृतीय उपाध्यक्ष गोविन्द पन्त, चौथो उपाध्यक्षमा सुमन शर्मा, महासचिवमा पर्शुराम घिमिरे, सचिवमा निरमाया खड्का दाहाल, कोषाध्यक्षमा विदुर न्यौपाने, सहकोषाध्यक्षमा सीता मगर सर्वसम्मत चयन भएका छन् ।

उक्त समितिको सदस्यहरुमा मीना लामा, योगेश लामा, भरत ढकाल, सपना भारती, विन्दु गिरी, सुदिप खराल, निसात लामा, निशा लामा तामाङ, मनमाया तामाङ र शिवकुमारी खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend