logo
  • शनिबार, भाद्र २० २०८३

मोरङसुनसरी सेवा समाजको १३औं साधारणसभा सम्पन्न, अध्यक्षमा कटुवाल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ओम प्रकाश बानियाँ, कतार ।
मोरङसुनसरी सेवा समाज कतारको १३ औ साधारण सभा सम्पन्न भएको छ । कतारको मिसाईड स्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित कार्यक्रमको सभापतित्व आयोजक कमिटीका अध्यक्ष योगेन्द्र कार्की, प्रमुख अतिथि एनआरएनए आई सी सी मध्य पुर्व संयोजक आर के शर्मा थिए । बिशेष अतिथि अतिथिहरुमा टीबी कार्की, नरेन्द्र भाट, कमल मणी गुरागाई, बिलबहादुर गुरुङ, बिनोद भट्टराई, कुमार कार्की, बिमल सुवेदी, देविका के. सी. , एनसीसी कतारका अध्यक्ष नविन पोख्रल साथै मोसुकाअग्रज तथा सल्लाहकारहरु, कतारमा स्थापित प्रमुख वैचारिक संस्थाका प्रमुखहरु, पत्रकार महासंघ, महिला समाज, जनजाति महासंघ, अनेसास, खस क्षेत्री समाज, जिल्ला संस्थाहरु, एनआरएनए अभियन्ताहरु, व्यवसायी, बुद्धिजिवि, सामाजिक अभियन्ताहरु, संचारकर्मी, कलाकार एवं मोसुबासीहरु सहित करिब ४००को सहभागिता रहेको थियो ।सहभागिहरुको मनोरञ्जनको लागि विभिन्न खेलकुदहरु, सांगितिक प्रस्तुतीहरु तथा औपचारिक कार्यक्रम गरि विभिन्न चरणमा कार्यक्रम गरिएको थियो । करिब ३० जना सहभागि हाडी फुटाई खेलमा भरत के. सी. र मनोज चौधरी विजयी भएका थिए भने महिला सहभागिहरुका लागि आयोजना गरिएको म्यूजिकल चियरमा पवित्रा मल्ल, शितल बानिया र रिता लुइटेल क्रमश प्रथम द्धितिय र तृतिय भएका थिए ।

आयोजक भर्सेस अतिथि सहित ६ टिम बिच ३ वटा फुटबल खेल समेत भव्यताका साथ सम्पन्न भएका थिए । कार्यक्रम संयोजक चिरन्जीवि तिम्सीनाले स्वागत गरे पश्चात प्रमुख अतिथिबाट उद्घाटन तथा राष्ट्रिय गान गाउदै सुरु भएको औपचारिक कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगिहरुलाई प्रशंसा पत्र, १२ औ साधारण सभाको निर्वाचन समितिलाई कदर पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी एनआरएनएको आइसीसीमा निर्वाचित तथा मनोनितहरुलाई बधाई तथा शुभकामना, एवं एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोख्रेल(नविन), पुर्व अध्यक्ष नरेन्द्र भाट तथा अग्रज सामाजिक अभियन्ता सागर नेपाललाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

२०१७–१८ कार्यकालको सर्बोत्कृट कार्यसम्पादनकर्ताका रुपमा सहसचिव लिलानाथ घिमिरे घोषित भएका थिए । साधारण सभालाई अर्घाखाँचि सेवा समाजका अध्यक्ष ठाकुर परियार, लम्जुङ सेवा समाजका महासचिव सीताराम थापा, पाथीभरा ताप्लेजुङ सेवा समाजका अध्यक्ष दुर्गा प्याकुरेल, प्रदेश नं. १ का संयोजक चुडामणि कार्की, पत्रकार महासंघ कतारका अध्यक्ष करिम बख्स मियाले शुभकामना व्यक्त गर्दै मोरङ सुनसरीको खुलेर प्रशंसा गरेका थिए ।

उनिहरुले मोरङ सुनसरी समाजबाट हामी लगायत कतारका अरु सस्थाले पनि सिक्नु पर्ने, दोहाको हकमा एउटा उदाहरणीय सस्था भएको बताए । शुभकमना दिने क्रममा जनजाति महासंघ कतारका अध्यक्ष देवराज राई, तराई मधेश लोकतान्त्रिक मन्चका हुसेन खान, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, समाजसेवि सागर नेपाल, संस्थापक तथा सल्लहकार चानक पोख्रेल, एनआरएनए एनसीसी अध्यक्ष नविन पोख्रेल, पुर्व अध्यक्ष कमलमणी गुराँगाँई पनि शुभकामना व्यक्त गर्दै मोसुका विभिन्न आयामहरुका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि आर. के. शर्माले सस्थाको १३ औं साधारण सभाको शुभकामना व्यक्त गर्दै मोरङसुनसरी धेरै योग्य र सक्षम ब्यक्तित्व भएको संस्था भएकोले उहाँहरु भोलि अझ माथि सम्म जाने सम्भावना रहेको बताउदै मोसुलाई आफुले आवश्यक सहयोग गर्ने बताए ।

साधारण सभाको दोश्रो सत्रले संस्थाका प्रगति र आर्थिक प्रतिवेदनहरु पास गर्नुका साथै सरोज बास्तोलाको संयोजकत्वमा कुमार कार्की र लोक तामाङ सदस्य रहेको विधान संसोधन समितिको प्रस्तावमा केहि संसोधन समेत गरेको छ । विनेस तामाङको संयोजकत्वमा दुर्गा प्याकुरेल र सीताराम थापा सदस्य रहेको निर्वाचन समितिले प्रकृया अघि बढाए पश्चात प्राप्त आवेदनहरुबाट २३ कार्य समिति चयन गरेको छ ।

जसको अध्यक्षमा तेज कटुवाल, उपाध्यक्षद्धयमा दिलिप पराजुली र भिम विश्वकर्मा, सचिव नियम भूजेल, कोषाध्यक्ष गोपाल कटुवाल, सहसचिवद्धयमा लिलानाथ घिमिरे भरत श्रेष्ठ, सहकोषाध्यक्षद्धयमा पर्शराम बास्तोला र सहकोषाध्यक्ष मनोज चौधरी तथा सदस्यहरुमा क्रमसः भोला बस्नेत, सन्जिव आचार्य, अमित चौधरी, राजनारायण चौधरी, मंगलसिंह तामाङ, भरत कटुवाल, तिर्थराज निरौला, ओम प्रकाश बानियाँ, रमा खड्का, सुनिता कोइराला, प्रेम राई, सोहेल अख्तर अन्सारी, पर्शुराम बन्जरा, किरण थापा सर्वसम्मत निर्वाचित भए ।

नवनिर्वाचित टिमलाई निर्वाचन समितिका संयोजक विनेस तामाङले सपथग्रहण गराएका थिए । अन्त्यमा नवनिर्वाचित अध्यक्षद्धारा हालसम्म संस्थाले गर्दै आएका योजनाहरुलाई निरन्तरता दिदै आफ्नो कार्यकालमा केहि नयाँ योजना सहित हाल संचालित मोसु शैक्षिक अक्षयकोषलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सहभागिहरुलाई मनोरञ्जन दिन भरत के सी, रमला अधिकारी, माया भुजेल, तनुस्का कटुवाल, हरी नारायण चौधरी र अनुशा कार्कीले नृत्य प्रस्तुत गरेका थिए भने अच्यूत वस्ती, देव न्यौपाने र उज्ज्वल बास्तोलाले गित प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम दिलिप पराजुलीले, सांगितिक सेसन देवराज न्यौपानेले तथा खेलकुद एवं समापन समारोह टेकनाथ बरालले सन्चालन गरेका थिए ।


प्रकाशित मिति : १३ माघ २०७४

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend