साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
सामाजिक सेवा प्रति बफादार रहेको प्रबासी संगठन मितेरी समाज शाखा कतार गठन भएको छ । मितेरी समाजलाई बिश्व संजाल संस्थाको रुपमा विस्तार गर्ने अभियानमा जुट्नु भएका समाजसेवी व्यक्तित्व प्रेम रिजालको विशेष पहलमा मितेरी समाज कतार गठन भएको हो ।
जनवरी १२ तारिखका दिन मितेरी समाजका अभियन्ता प्रेमराज रिजालको सभापतित्वमा बसेको भेलाले मितेरी समाज कतारको अध्यक्षमा लक्ष्मीप्रसाद तिमल्सिना सर्व-सहमतिमा चयन गरेको थियो । नेपाली आँगन रेस्टुरेन्टको सभा हलमा आयोजित पहिलो भेलाले १३ जनाको कार्य समिति चयन गरेको छ ।
उपाध्यक्ष चेत प्रसाद सिद्गेल, सचिव चुडामणि आचार्य, सह-सचिव रुप नारायण नेपाली, कोषाध्यक्ष विष्णु प्रसाद देवकोटा, सह-कोषाध्यक्ष झलक बहादुर क्षेत्री र सदस्यहरु मुकुन्द सुबेदी, मोति बहादुर क्षेत्री, धनसिंग गुरुङ, लक्ष्मी हमाल, सुरेश रिजाल, नारायण बस्तकोटी रहेका छन ।
समाजको संस्थापक संरक्षकमा प्रेमराज रिजाल रहेका छन् । त्यस्तै प्रकाश गिरि, गौतम रिजाल, विजय कुमार मगर गरी ३ जनाको सल्लाहकार समिति रहेको छ ।
नत कुनै जाति विशेष, नत कुनै क्षेत्र वा जिल्ला विशेष, न कुनै राजनितिक विशेष, सवै अट्ने र नितान्त सामाज सेवाको उद्देश्य बोकेको मितेरी समाजलाई विश्वभरी फैलाउने अभियानमा रहेको संरक्षक रिजालले साझा नेटवर्कलाई जानकारी दिए ।
रिजाल यस अघि युएईमा बस्दा उनकै पहलमा मितेरी समाज युएइ गठन भएको थियो । र मितेरी समाज युएईको संस्थापक तथा संरक्षक भएर लामो समय युएइमा रहेका थिए । यस संस्थालाई विभिन्न देशमा बिस्तार गर्नको लागि रिजालले विशेष पहल गरिरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend