साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ १२।
मालिका गाउँपालिका २ दर्लिङ्गको तमु डाँडामा निशुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर सम्पन्न भएको छ । वडा नं १, २ र ३ वडाका १ सय ४० जना कृषकले शिविरबाट प्रत्यक्ष सेवा लिएका छन् ।
शिविरमा ३ सय भेडा बाख्रा, एक सय ६० भैसी, एक सय २५ बंगुर र ३ सय कुखुरालाई औषधी वितरण गरिएको वडा अध्यक्ष युद्धविर घर्तिले बताए ।
शिविरमा पशु सेवा कार्यालय मालिका गाउँपालिका प्रमुख झविन्द्र ध्वज जिसी, पशु प्राविधिक बसन्त भुसालले सहजीकरण गर्नुभएको त्यहाँबाट गीता घर्तिले जानकारी दिनुभयो । त्यस्तै मालिका गाउँपालिका २ दर्लिङ्गमा २० सदस्य रहेको बाख्रा पालन समुह गठन भएको छ ।
समुहको अध्यक्षमा नरमति श्रीस, उपाध्यक्षमा ठगुराम उपाध्याय, सचिवमा नारायण प्रसाद अर्याल, कोषाध्यक्षमा हिरा विक र सदस्य सचिवमा पशु प्राविधिकमा बसन्त भुसाल रहनुभएको छ । भेलामा गाउँपालिकाको तर्फबाट पशु सेवा प्रमुख झविन्द्र ध्वज जिसीको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend