logo
  • शनिबार, भाद्र २० २०८३

गजल – आधा युवा खाडीमा बेचिए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

मैले जीवन सुम्पि दिएँ सम्झौताका लागी ।
अलिकति आफ्नो, अलिकति मायाका लागी।

झुट लुकाउन, आँखाले सकि दिएनन,
तिमिलाई मैले भुली दिँए आँखाका लागी ।

आधा युवा खाडीमा, आधा युरोप बेचिए,
के छ सरकार योजना, बाँकी आधाका लागि ?

खुसी दियौ, सुख दियौ आफ्नी अर्धाङ्गिनि ला,
खै के गर्यौ बुढेसकालका, बा आमाका लागि ?

पैसा भन्दा थोरै बढी, मान्छे कमाउनुस
मलामी त चाहियो हजुर मुर्दाका लागी ।


कुसुम नेपाली
गुल्मी ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend