साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ ३ ।
गुल्मीको सदरमुकाम तम्घासमा माघ ४ गतेबाट संचालन हुने जिल्ला स्तरीय माध्यमिक विद्यालय फुटबल प्रतियोगताको सम्पुर्ण तयारी पुरा भएको छ । आउँदा तेस्रोे गुल्मी महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले फोर्टिन स्टार युवा क्लवको भोलीदेखि ८ गतेसम्म सदरमुकाम तम्घासमा फुटवल प्रतियोगिता संचालन गर्न लागेको क्लवका अध्यक्ष प्रकाश बुढाथोकिले बताउनु भएको छ ।
क्लवले सातौं वार्षिकोत्सवको अवसर पारेर माध्यमिक तहका विद्यार्थीहरुलाई फुटवल खेलप्रति रुचि जगाउँन र त्यसको संरक्षण तथा संम्बद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता संचालन गर्न लागेको बुढाथोकीले बताउनुभयो ।
जिल्लामा यस्ता किसिमका प्रतियोगिताहरु अत्यन्तै न्यून हुने कारणले गर्दा पनि युवा विद्यार्थीहरुमा खेलकुद प्रति आकर्षणमा कमि आएको बताउनु भयो । ‘यो प्रतियोगीताले एकातिर विद्यार्थीहरुमा खेलकुद क्षेत्रतिर आकर्षण बढाउँछ,‘उहाँले भन्नुभयो,‘अर्कोतिर स्थानीय स्तरवाट भविष्यमा राष्ट्रिय स्तरमा राम्रा खेलाडीहरु समेत उत्पादन गर्न सकिन्छ ।
आजसम्म जिल्लाका नौ माद्यामिक बिद्यालयले समुह दर्ता गराएका छन् । सत्यमावि हँसरा, आर्दश बिद्या आश्रम तम्घास, सिद्धबाबा मावि, रेसुङ्गा मावि, रिर्डस बोर्डिङ्ग, अर्जुन आवासिय मावि, महेन्द्र मावि, ब्रिलियण्ट युनाइटेड एकेडेमी र गण्डकी इंग्लिस बोर्डिङ्ग स्कुलले समुह दर्ता गराएको क्लवका उपाध्यक्ष नारायण आचार्यले बताउनुभयो ।
भोलीको उद्घाटन खेल सत्यवती मावि हँसरा र आर्दश बिद्या आश्रमबिच हुनेछ । साथै विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आचार्यले बताए । प्रतियोगितामा बिजेताले ३० हजार र उपबिजेताले २० हजार नगद सहित टर्फि र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend