logo
  • शनिबार, भाद्र २० २०८३

मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा शर्मा र लेखक कतार आउने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
नेपाली काग्रेस जनसम्पर्क समिति कतारले राष्टिय मेलमिलाप दिवसको अवसर पारेर कतारको दोहामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले हालै मनोनित गर्नुभएका काग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माको प्रमुख अतिथ्यमा हुने सो प्रशिक्षण कार्यक्रमा काग्रेसका प्रधावशाली नेता तथा पुर्वमन्त्री रमेश लेखक बिशेष अतिथीका रहने जन सम्पर्क समिति कतारका का वा अध्यक्ष शंकर न्यौपानेले जानकारी दिनुभयो । जनवरी १९ अर्थात माघ ६ गते शुक्रवार दोहाको नज्मा स्थित शालिमार रेष्टुरेन्टको सभाहलमा हुने सो प्रशिक्षण कार्यक्रम हुनु अगाडी नव नियुक्त प्रवक्ता बिश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको का वा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

एशियामा नै सबै भन्दा सक्रिय रहेको कतार शाखाले नेपालमा हालै सम्पन्न स्थानिय तह, प्रदेश र प्रतिनिधिीसभाको निर्वाचनमा काग्रेसले भोग्नुपरेको पराजयका कारणहरुका बारेमा नेता तथा कतारमा रहेर लोकतन्त्रपक्षमा सक्रिय रहेका आम सहभागि बिच अन्तरक्रिया हुने समेत जानकारी न्यौपाने दिनुभयो ।

श्रमका लागी कतार आएका नेपाली नेपाली ब्यावसायी सामाजिक अभियन्ताहरुको सहभागिता रहने उक्त कार्यक्रममा रेमिटेन्सको निति र नेपाली श्रमिकका पक्षमा कतार सरकारले दिनुपर्ने सुविधा लगाएतका बिषयमा समेत कार्यक्रमा अनतरक्रिया हुने नेता न्यौपानले बताउनु भएको छ ।

कार्यक्रमको तयारी पुरा भएको जनसम्पर्क समिति कतारका महामन्त्री मो अजिज अलिले जानकारी दिनुभएको छ । काग्रेसका महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, पुर्व पदाधिकारी बरिष्ठ नेता, ब्यावसायी तथा सक्रिय सदस्य तथा शुभेच्छुकहरलाई निमन्त्रणा पठाइस किएको समेत अलिले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend