logo
  • शनिबार, साउन ३० २०८३

सितोरियो कराँतेको प्रथम वेल्ट टेष्ट तथा डाजो उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ पुष २२ ।
नेपाल सितोरियो कराँते संघ उपशाखा डोजो बडिगाड २ खर्वाङको आयोजनामा प्रथम वेल्ट टेष्ट तथा डोजो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । डोजोको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले खेलाडिलाई राष्ट्रले चाहेको खेलाडि वन्न अनुसासन महत्वपूर्ण हुने भन्दै त्यस तर्फ लाग्न खेलाडिलाई आग्रह गर्नुभएको छ । खेलाडिमा लगनशिलता हुने हो भने खेल राष्ट्र संगै जिविको निर्वाहको लागी पनि राम्रो गन्तव्य वन्ने वताउनु भयो। स्थानिय सरकारले खेलला उच्च प्राथमिकता दिएको भन्दै भुसालले कँरातेको विकासको लागी वडिगाड गाउँपालिकाले १० लाख विनियोजन गरेको र वुर्तिवाङमा हुने क्षेत्रिय प्रतियोगीताको लागी पनि ६० हजार विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, नेपाल सितोरियो कराँते धौलागिरि संयोजक तथा जिल्ला प्रशिक्षक धनराज महर्जन, त्रिभुवन मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, राजनैतिक दलको तर्फवाट नेकपा एमालेका लक्ष्मण वराल, लगाएतले वोल्नुभएको थियो। कार्यक्रममा प्रथम डान तथा दोश्रो डानको प्रमाण पत्र तथा परिचय पत्र वितरण गरिएको थियो।

खर्वाङमा ९ महिना पहिले सुरु गरेको डाजोले पहिलो पटक ग्रेडिङ गरेको हो। स्वास्थ्यको लागी खेल राष्ट्रको लागि खेल भन्ने नारासहित सुरु भएको कार्यक्रममा वुर्तिवाङ डान्स सेन्टरका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम नेपाल सितोरियो कराँते संघ उपशाखा डोजो बडिगाड २ खर्वाङका अध्यक्ष ज्ञान वहादुर वलालको अध्यक्षता, सदस्य थुमा क्षेत्रिको स्वागत मन्तव्य तथा संचारकर्मि मिनु विसिको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend