साझा नेटवर्क
साझा नेटवर्क, दोहा पुष २२।
नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारको अलखोर ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महेश्वर मण्डलको नेतृत्व ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।
सभापति महेश्वर मण्डल, उपसभापति सुरेश मण्डल, अभिराम मण्डल, सचिव ढाकाराम पौडेल, कोषाध्यक्ष स्याम कुमार मण्डल, सदस्यहरुमा रहिम अन्सारी, बिमलेश मण्डल, रामसेवक महतो, रामचन्द्र पासवान, दिपु रावत, सत्रुधन पण्डित रहेकाछन ।
कमिटिका अधिवेशन तयारि समिति संयोजक महेश्वर मण्डलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जनसम्पर्क समिति कतारका कावा सभापति शंकर न्यौपाने विशिष्ट अतिथिहरुमा समितिका महामन्त्री एवं इकाईहरुको अधिवेशन संयोजक मो अजिज अलि सल्लाहकार मो शाकिर अलि सहमहामन्त्री केदार भुषाल, सनैया इकाई कमिटिका सभापति राजेन्द्र पाण्डे, नेशनल इकाई कमिटिका सभापति अफजल खान केन्द्रीय सदस्यहरु लगायत रहेका थिए ।
अलखोरको कर्निश पार्कमा सम्पन्न उक्त अधिवेशन पछी बनेको नया कार्यसमितिले सल्लाहकारहरु पनि चयन गरेको छ । निवर्तमान सभापति प्रमोद मण्डल सल्लाहकार संयोजक र महेन्द्र झा, किशोरी मण्डल र रामबाबु मण्डल सल्लाहकार सदस्य रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend