साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी आषाढ ४।
नव निर्वाचित नेकपा एमाले दोहली गाउँ कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष बिष्णु सुनारको अध्यक्षता रहेको बैठकमा एमाले जिल्ला सचिवालय सदस्य लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा स्थानीय निकाय जिल्ला कमिटी सदस्य चुरा बिष्ट, क्षेत्रिय सदस्य मान बहादुर बस्नेत र इलाका सदस्य कमल जिसी लगायतको सहभागीता रहेको थियो । बैठकले सचिवालय गठन गर्दै विभिन्न जिम्मेवारी बाँडफाँड गरेको गाउँकमिटी उपाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकको संचालन गाउँ कमिटी सचिव प्रताप सुनारले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend