logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल मगर संघ शाखा कतारद्वारा दिप कुमार आले मगरको बिदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
नेपाल मगर संघ, शाखा कतार सहानिया एरिया समितिका अध्यक्ष भक्त बहादुर ढेगा मगरको सभापतित्वमा सचीव दिप कुमार आले मगर आफ्नो कतारको बसाइँलाइ बिट मार्दै नेपाल फर्कन लागेकोले सहानियामा डिसेम्बर २८ तारिखका दिन स-सम्मान बिदाई गरेको छ ।कार्यक्रममा प्रमुख अतिथी स्वयम् सचीव दिप कुमार आले मगर रहेका थिए भने विशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका महासचिव बिजय मगर र अतिथिहरुमा सल्लाहकार भिम तरामु मगर नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष तथा मगर संघ कतारका कोषाध्यक्ष केशब राना मगर र मगर संघ कतारका केन्द्रिय सदस्य लोक सिन्जाली मगर रहेका थिए। कार्यक्रममा मगर तथा गैर मगर हरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा उपस्तिथि सम्पुर्ण लाई सहानिया एरिया समितिका कोषाध्यक्ष भागिराम बुढा मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने कार्यक्रम संचालन सहानिया एरिया समितिका सहसचिव तुसार पुन मगरले गरेका थिए ।

कार्यक्रममा उपस्तिथि रहेकाहरुले बिदा हुनु भएका आलेलाई खादा ओडाएर सम्मान गरेका थिए । संघका तर्फबाट विशेष अतिथि सभापति र अथितिहरुबाट कदर पत्र प्रदान गर्दै सम्मान गरेका थिए । मन्तव्य राख्दै अतिथिहरु केशव राना मगर ,भिम तरामु मगरले उहाँको सफल यात्राको शुभकामना व्यक्त गर्नु भयो ।

साथै विशेष अथिती बिजय मगर ले उहाँले संस्थामा गरेका योगदानको चर्चा गर्दै उहाँको उज्वल भबिस्यको शुभकामनाका साथ यात्रा सफलताको कामना व्यक्त गर्नुभएको थियो ।बिदाई हुनु भएका दिप कुमार आले मगरले मगर संघ कतार र नेपाल मगर संघ, शाखा कतार सहानिया एरिया समितिले दिएको सम्मानका निम्ति मगर संघ कतार र उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका थिए ।

आफू जहाँ रहेपनि मगर संघ कतारले दिएको सम्मान नबिर्सने र मगर संघ कतार लाई आफुले सक्ने सहयोग गरिरहने साथै आफुले मगर संघ कतार बाट सिकेको कुरा हरु अरुलाइ पनि सिकाउने र आफुले गर्नसक्ने सहयोगका लागि कहिले पछि नहट्ने प्रतिबद्धता गर्नुभयो ।

अन्तमा कार्यक्रमका सभापति भक्त बहादुर ढेगा मगरले मगर संघ कतार सहानिया एरिया समितिले आफ्नो सचीव लाई बिदाई गर्नु पर्दा दु:ख लागेको साथै उहाँ आफ्नो जन्मभुमि फर्कदा खुशी पनि रहेको भन्दै उहाँको उज्वल भबिस्यको कामनाका साथ यात्रा सफलताको शुभकामना गर्दै उपस्तिथि भएका सम्पुर्णलाई धन्यवाद दिएर कार्यक्रम सामापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend