साझा नेटवर्क
-केवी थापा ।
डिसेम्बर सुरु हुने बित्तिकै अंग्रेजी नया वर्षको उपलक्ष्यमा सुभकामनाका म्यासेज, भिडियो, गितहरुले फेसबुकको इनबक्स होस या व्हाटस एपका म्यासेजले मोबाइलको मेमोरी करिब करिब भरिन लागिसक्यो दिनहुँ डिलिट गर्दा गर्दै हैरान परि रहेकोछु ।
हिजो एक लाइन लेखेको थिय “विश्वलाई नै सभ्यता सिकाउनें संस्कृतिका धनी हामिलाई कसैको उधारो चाहिदैंन त्यसैले जनवरी १ लाई नयाँ वर्ष मनाउदैं मनाइदैन । तैपनी शिलसिला रोकियन । तपाइको जानकारीको लागि यो पोस्ट लेख्दै छु आफू पढनुहोस र अरुलाई पनि शेयार गर्दै पढ्न दिनुहोस ।
१ जनवरीको के नयाँ हुन्छ ?
न ऋतु फेरिन्छ, न मौसम ,
न कक्षा फेरिन्छ, न सत्र
न फसल फेरिन्छ, न खेती ,
न त रुख, बिरुवाको रंग फेरिन्छ ,
न त सुर्य चन्द्रमाको दिशा न गति ,
न त फेरिन्छ नक्षत्र नै ।
१ जनवरी आउनु पुर्व नै यति बधाइ र शुभकामनाका म्यासेज आउन थाल्छन कि मानौँ कति महान पर्व नै आउँदै छ । जस्तै नयाँ केवल एक दिन मात्रै हुँदैन केहि दिन सम्म त केही नयाँ अनुभव/अनुभूति होस, फेरि हाम्रो देश, धर्म र संस्कृतिमा चाड पर्व नै चाडपर्वको संस्कार छ नै ।
ईस्वी सम्बतको नयाँ वर्ष १ जनवरी मानिए पनि हाम्रो विक्रम सम्बत चैत्र शुक्ल प्रतिपदालाई मानिन्छ ।
१. प्रकृति:
१ जनवरीको कुनै परिवर्तन हुँदैन जस्तो डिसेम्बर उस्तै जनवरी, बैसाखमा चारैतिर फुल फुलि रहेका हुन्छन रुख बिरुवामा नयाँ पालुवा पलाउदैं गरेको दृश्य हुन्छ, चौतर्फी हरियाली छाउदैं हुन्छ मानौं प्रकृतिले नै नयाँवर्ष मनाउदैं हुन्छ ।
२. पहिरन :
डिसेम्बर र जनवरीमा उनै जाडोमा लगाइने कपडा, कम्बल, सिरक, डसना र उस्तै कठ्यान्ग्रीने जाडो । तर बैसाख लाग्न सुरु हुँदा जाडो सकिएर बिस्तारै गर्मी सुरु भैसकेको हुन्छ यानी जाडोको कपडा थन्काउदैं नयाँ पहिरन शुरु हुन्छ ।
३ स्कुलको नया सत्र :
डिसेम्बर र जनवरीमा उहीँ कक्षा मै हुन्छन विध्यार्थी कुनै परिवर्तन बिना त बैसाखमा अधिकांश स्कुलमा परीक्षा फल प्रकासित भई सकेर नया भर्ना शुरु भई सकेको हुन्छ ।
४. क्यालेन्डर :
जनवरीमा नयाँ क्यालेन्डर आउने गर्दछ त बैशाखमा नयाँ पात्रो (पंचांग) । त्यही पात्रो कै आधारमा हाम्रो देशमा चाडपर्व, बिबाहको साइत, र अन्य शुभ साइतहरु हेर्ने गरिन्छ । हाम्रो समाजमा पात्रो बिना जीवनको कुनै कार्यको कल्पना गर्न कठिन हुन्छ ।
५. खेतिपाती –
डिसेम्बर-जनवरीमा खेत- बारीमा लगाइएको बालीमा खासै कुनै परिवर्तन हुँदैन, जबकी बैसाखमा अन्न भित्राई सकिएको र नया बाली लगाउने समय भएको हुन्छ, त्यसैले पनि हाम्रो जस्तो कृषि प्रधान देशमा सांच्चिकै बहुसंख्यक किसानलाई नया वर्ष लागे जस्तै हुन्छ ।
६. चाडपर्व मनाउने विधि :
३१ डिसेम्बर रातभर नयाँवर्ष मनाउने भन्दै मज्जाले मदिरा पान गर्दै हंगामा गरेर राती नशामा कैयौं सवारि साधन दुर्घटना हुने, बलात्कार, हत्या, हिंसा, झै-झगडा हुने हुँदा कानुन ब्यबस्था अस्त-ब्यस्त हुँदा हाम्रो संस्कार र संस्कृतिको बिनास हुने गरेको पाइन्छ भने बिक्रम संम्बतको सुरुवाती दिनमा व्रत राख्दै पुजा-आजा गरेर सुरुवात गरिन्छ जस्ले घर, समाज र ब्यक्तिको जिवनमा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ ।
७. ऐतिहासिक महत्त्व :
१ जनवरीको ऐतिहासिक महत्व कहिँ कतै भएको जस्तो लाग्दैन मलाई तर विक्रम संम्बत चाहिँ महाराज बिक्रमादित्यद्वारा विक्रम संम्बतको सुरुवात, भगवान झुलेलालको जन्म, ब्रह्मा जिले सृष्टिको रचना आदि कैयौं ऐतिहासिक महत्व रहेको पाइन्छ ।
अंग्रेजी क्यालेन्डरको मिति र अंग्रेजी मानसिकता भएका मान्छेको मानसिकता बाहेक अरु कुनै परिवर्तन पाइदैन जनवरी १ मा तसर्थ हाम्रो नयाँ वर्ष त बैशाख १ नै हो ।
जव ब्रह्माण्ड देखि लियर सुर्य-चन्द्रमाको दिशा, मौसम, बाली, कक्षा, नक्षत्र, बोट बिरुवामा नया पालुवा, किसानको खेत- बारीमा नयाँखेती, विध्यार्थीको लागि नयाँ कक्षा, मान्छेमा नया रक्त संचार, ऋतु परिवर्तन आदि आदि बैज्ञानिक तथ्य र आधार हुँदा हुँदै पनि जनवरी १ लाई नयाँ वर्ष मनाउने चाहिँ किन मूर्ख होइन ?
आफ्नो संस्कार, संस्कृति र विज्ञान आधारित हाम्रो आफ्नै काल गणनालाई बुझौं, अब आफै सोच्नुस कि किन मनाउने त जनवरी १ लाई नयाँ वर्षको उत्सवको रुपमा ।
“क्यालेन्डर फेर्नुस आफ्नो धर्म र संस्कृति होइन, जाग्नुस, जगाउनुस, आफ्नै संस्कृति अपनाउनुस र अघि बढनुस । तब मात्र कल्याण हुने छ । जय देश जय धर्म !
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend