साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा लोक तथा दोहोरी गायिका अमृता लामिछाने र छविलाल बुढाथोकीको नयाँ लोक दोहोरी एल्बम सार्वजनिक भएको छ । नेपाली लोक तथा दोहोरी गीतहरुमा माया प्रेमका विषय वस्तुलाई मध्य नजर गर्दै तयार हुने क्रम बढिरहेको बेला लामिछानेको “जवानीको व्यथा” नामक एल्बम सार्बजनिक भएको हो ।

छोटो समयमा चर्चा कमाउन सफल गायीका लामिछानेले २ बर्षको अन्तरालमा १ दर्जन भन्दा बढी लोक गितहरुमा आफ्नो स्वर दिईसकेकी छन । सुर्खेतमा जन्मिएर सानै उमेर देखि नै गित गाउदै हिड्ने उनि आफै गित गाएर एल्बम निकाल्ने सोच बनाउदै काठमाडौलाई कर्मथलो बनाउन आइपुगेकी गायिका लामिछाने छोटो समयमा नै परिचित लोक गायिका बन्न सफल भइन । 
सुरिलो स्वरकी धनी लामिछानेले बैसले च्याप्यो रे, मत पुतली, जवानिको ब्यथा, जस्ता दर्शक श्रोताहरुले अत्याधिक मन पराइदिनु भएका गितहरुमा आवाज दिइसकेकी छिन । पछिल्लो समयमा बजारमा आएको एल्बम जवानिको ब्यथामा दुर्गा बि.सि. र लामिछानेको स्वर रहेको छ । उक्त गीतमा गायक तथा सर्जक मधु सुधन डागीको शब्द एवम हरी डागिले लय शृजना गरेका छन ।
बसन्त फिल्मस प्रा.लि.ले बजार ब्यबस्थापन गरेको उक्त गीतको भिडियोमा मन्जिता केसि र बुद्द्बिरले अभिनय गरेका छन । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मुकेस हुमागाईले छायाँकन तथा प्रविन भट्टको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend