साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
प्रवासी भुमिमा सन २००२ को समय रोजगारिको सिलसिलामा कतार अाइपुगेका काश्केलिहरु विभिन्न समस्यामा परेका जिल्लावासी तथा गैर जिल्लावासी नेपाली दाजुभाइ दिदि वहिनिहरुलाई सहयोग गर्ने र गृह जिल्ला वासीहरुलाई एकतावद्ध गरी सम्पर्कमा रहने जस्ता उद्देश्यले विशुद्ध सामाजिक संस्था कास्की आदर्श सेवा समाज, कतारको स्थापना गरेका थिए ।
विधिवत अगाडि वढ्दै जाने क्रममा कतारमा स्थापना भएका विभिन्न संघ संस्थाहरु संग सामाजिक, सांस्कृतिक तथा मानविय क्रियाकलापहरुमा सहभागि हुंदै अाइरहेको छ । पन्ध्रौं वसन्त पार गरिसकेको यस सामाजिक संस्थाले आफ्नो रोजगारको अलावा सामाजिक कार्यमा कृयासिल धेरै प्रतिनिधिहरुको अगुवाइमा आजको दिन सम्म निरन्तर अगाडि वढिरहेको वर्तमान अध्यक्ष मन प्रसाद रानामगरले वताउनु भएको छ ।
छैटौं महाधिवेसनको संघारमा रहेको प्रवासि कस्केलिहरुले नयाँ नेत्रित्व र नयाँ कार्यसमिती पदाधिकारीहरु त अवश्य नै पाउने नै छन। उक्त कार्यक्रमको लागि आवश्यक गृहकार्यमा भने नोभेम्वर देखी नै दत्तचित्त भएर लागिरहेको वताइएको छ ।
महाधिवेसन पुर्व नै संस्थाको संशोधित विधानलाई कस्केली समाजसेवी, वुद्धिजिवी तथा सम्वन्धित सवैको उपस्थितिमा पारीत गरी कार्यक्रममा हुने समय अभावलाई मध्यनजर गर्दै तयारीमा जुटिरहेको अध्यक्ष मगरले जानकारी दिनु भएको छ ।
त्यस्तै २०१६-१७ अवधिभर संस्थालाई सांस्कृतिक, खेलकुद तथा अन्य क्षेत्रमा सहयोग पुर्या्उनु हुने सम्पूर्ण जिल्लावासी तथा संस्थासंग आवध्द गैर जिल्लावासी कलाकार, खेलाडी तथा सहयोगी महानुभावहरुलाई सम्मान स्वरुप धन्यवाद ज्ञापन गरिने वताउदै सम्पूर्णलाई सहभागिको निम्ती आह्वन गरिएको छ ।
विन ओमरनमा रहेको द भिलेज गार्डेन रेस्टुरेन्टको सभा हलमा जनवरी १९, २०१८ शुक्रवारका दिन विहान ठीक ११ वजे सुरु हुने उक्त कार्यक्रममा दोहावासी कस्केलिहरुलाई विशेश उपस्थितिको निम्ती अध्यक्ष मगरले आह्वान गर्नु भएको छ ।
त्यसैगरी कतारमा स्थापित संघ संस्था, वुद्धिजिवी, समाजसेवी, व्यवसायी, पत्रकार लगायत सम्पूर्णलाई पत्रचार गर्ने कार्य पनि अगाडि वढिरहेको जानकारी गराइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend