logo
  • शनिबार, भाद्र २० २०८३

समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुनः भट्टराई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
समाजसेवा अभियान रुपन्देही कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले डिल्लिराम भट्टराइको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको छ ।नव गठित कार्यसमितिको उपाध्यक्षमा हरि बहादुर शाही, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सह- सचिवमा शिव राज शाही, कोषाध्यक्षमा विष्णु खड्का, सह-कोषाध्यक्षमा मनोज कुंवर रहेका छन । त्यस्तै सदस्यहरुमा क्रमशः यम आले, सौगात अली, डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिल बहादुर खड्का, खेम पंगेनी र् युवराज अर्याल रहेका छन । समाजका अध्यक्ष डिल्लिराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख तिथि नेपाली राजदुतावास कतारका द्वितीय सचिव गायत्री बहादुर पौडेले रहनु भएको थियो । संस्थाका संरक्षक अर्जुन प्रसाद भट्टराइ, पुर्व अध्यक्ष तथा व्यवस्थापन समिती सदस्य रामकेवल यादव, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य कुमार कार्की विशेष अतिथि रहेका थिए ।

त्यस्तै कार्यक्रममा विभिन्न वैचारिक संघ- संस्था सामाजिक संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायतका कतारमा स्थापित जिल्ला तथा अन्य संस्थाका प्रतिनिधि र रुपन्देही बासीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समाजले स्थापना कालदेखी नै निकै अनुकरणिय कार्यहरु गर्दै आएको जिल्लाबासीको हक र हितमा मात्र सिमित नरहेर प्रवासमा कार्यरत सम्पूर्ण नेपालीहरुको हक, हित र सहयोगमा सधैं तल्लीन रहेको र भोलिका दिनमा पनि यस्तै कार्यहरु सम्पन्न गरेको देख्ने अपेक्षा रहेको धारण व्यक्त गरेका थिए ।

कार्यक्रम सस्थाका निवर्तमान सचिव रामलाल पराजुलीले सस्थाको प्रगती विवरण र अध्यक्ष भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सस्थाका सदस्य कृष्ण न्यौपानेको स्वागत र सदस्य सोतन्त्र नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तित्व, संघ सस्था र आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै, नेपाली सास्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend