साझा नेटवर्क
बिनोद ढुंगाना, पोखरा आषाढ ४ ।
नेपाली सांगीतिक फाँटमा हरेक दिन जसो नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । तिनै गीतहरुबाट थुप्रै नवप्रतिभा सर्जक, गायक, गायिका, निर्देशक मोडल , सम्पादक, क्यामेरा पर्सन भित्रिरहेका छन् ।

हालै सार्वजनिक सर्जक टेक नारायण चाँपागाई टिएनसीको लोक गीत “आँशु” मार्फत पनि शिव तिमल्सिनालाई दर्शकहरुले नेपाली सांगीतिक बजारमा मोडलको रुपमा पाएका छन् । सर्जक चाँपागाईको संकलन र लक्ष्मण चाँपागाईको स्वर रहेको गीतमा तिमल्सिनालाई मोडल टिका जैशीले अभिनयमा साथ दिएकी छन ।
नेपाली मौलिकपन बोकेको यस गीतमार्फत नेपाली म्युजिक भिडियोमा डेब्यु गर्न पाउदा शिव निकै खुशी भएका छन् भने आफुले यस गीतलाई न्याय दिएको भन्दै यहि क्षेत्रमा निरन्तर लाग्ने आफनो योजना रहेको बताए ।
सिर्जन बरालको निर्देशन,रेशम दर्लामीको छायांकन प्रदिप दाहालको सम्पादन रहेको भिडियोलाई बिना लिप्सिङ कथालाई मात्र प्रस्तुत गरि फरक तरिकाले बनाईएको छ । जनता डिजिटल प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको गीत निकै उत्कृष्ट बनेको छ ।
हेरौ भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend