साझा नेटवर्क
साझा नेटवर्क, मेलबर्न पुष ५।
मेलबर्नस्थित कन्सुलेट कार्यालयको हाताभित्र १४ भाषामा अनुदित चर्चित पुस्तक कालो सूर्यका लेखक एबं भ्रस्टाचार बिरुद्ध अभियानका अभियन्ता भरत जंगमको प्रमुख आतिथ्यतामा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न भएको छ ।
प्रमुख अतिथिको रुपमा लेखक, पत्रकार एबं भ्रस्टाचार बिरुद्ध अभियानका अभियन्ता भरत जंगमले नेपालमा हुने भ्रस्टाचारको फेहरिस्त पेश गर्दै आफूले नेपालको गाउँ गाउँ घुमेपछि भ्रस्टाचार मूलतस् गाउँमा नभएर शहरमा केन्द्रित भएको र बौद्धिक क्षेत्रका ब्यक्तिहरु बढी भ्रस्ट भएको बताउनु भयो ।
राजा बीरेन्द्रको कार्यकालमा सचिब स्तरको मानिने राजदरवारको ुजाँचबुझ केन्द्रू को प्रसाशकको जिम्मेवारी पाएपछि राष्ट्रिय र नेपालभित्र रहेर काम गर्ने अन्तराष्ट्रिय निकायमा हुने भ्रस्टाचारका बिषयमा अझै गहिरो जानकारी प्राप्त गर्ने मौका मिलेको बताउनु भयो ।
कानूनहरुको माध्यमबाट हरेक देशमा भ्रस्टाचार कुनै न कुनै हदसम्म न्यूनिकरण गर्ने गरिए तापनि नियन्त्रण भने असंभब देखिएकोले यस बिषयमा शिक्षा दिइनुपर्ने महसूस गरी भ्रस्टाचार बिरोधी बिज्ञानको बिकासमा लागी एन्टी करप्टोलोजीलाई अस्तित्वमा ल्याउन सफल भएको बताउँदै यस्लाई अमेरिकाको वर्ल्ड लाइब्रेरी कङेस, भारत, वेलायत र नेपालमा दर्ता गर्न सफल भएको जानकारी दिनु भयो ।
२०५६ मा तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाका भुतपूर्व साँसदले पेन्सन खाने ऐन र डा बाबुराम भट्टराईको कार्यकालमा भूपू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, गृहमन्त्रीलाई आजीवन सुविधा दिने गरी ल्याइएको अध्यादेश विरुद्ध आफूले सर्बोच्च अदालतमा दिएको रिटका पक्षमा सर्बोच्च अदालत भएका कारण देशको ढुकुटीमा बर्षेनी डेढ अर्ब रुपयाँ जोगिएको जानकारी जंगमले दिनु भयो ।
कार्यक्रमको सभापतिको रुपमा भिक्टोरियाको लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले भ्रस्टाचारको मारमा तल्लो स्तरका जनता परेकाले भ्रस्टाचार न्यूनिकरणका लागि नीति निर्माण गर्ने स्तरबाटै काम हुनुपर्ने बताउनु भयो । इमान्दारहरुलाई पुरस्कृत गरिने परिपाटीले पनि केही हदसम्म भ्रस्टाचारलाई निरुत्साहित गर्ने धारणा राख्नु भयो ।
लुम्बिनी(कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा विस्व साइकल यात्री पुस्कर शाहले बिशेष अतिथिको रुपमा मन्तब्य राख्नु भएको थियो भने अस्ट्रेलियन लेबर पार्टीका टार्नेट शाखाका अध्यक्ष डा महेश भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन पत्रकार बासुदेब मरहट्टाले गर्नु भएको थियो ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend