साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ३।
आज एक विशेष समारोहमा गुल्मीका सिडियो प्रदिपराज कंडेल सहित कला– साहित्य र पत्रकारिता क्षेत्रका ६ जना वरिष्ठ व्यक्तिहरु सम्मानित भएका छन् ।
त्रिमुर्ति निकेतन अन्तर्गत विश्व नारी सहित्य सम्मेलन आयोजक समिति गुल्मीले आज सिडियो प्रदिपराज कँडेलले यस जिल्लाको प्रशासनिक क्षेत्रमा गरेको पारदर्शी, निष्पक्ष, कुशल जनसेवा एवं सार्वजानिक सेवा प्रवाहलाई नागरिक केन्द्रित तुलाई जिल्लाको समग्र क्षेत्रमा महत्वपुर्ण योगदान पुराएको भन्दै सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित र विशेष अतिथी जिल्ला न्यायधिश मातृकाप्रसाद मरासनीले कदर पत्रले सम्मान गरेका थिए ।

त्यस्तै गुल्मी जिल्लामा साहित्य र पत्रकारिताको क्षेत्रमा लामो समय देखि क्रियाशिल रहँदै आएका यस जिल्लाका सहित्यकार तथा पुर्व क्याम्पस प्रमुख शशी पन्थीलाई पनि आज वरिष्ठ पत्रकारका रुपमा सम्मान गरिएको छ । उनले यस जिल्लामा पत्रकारिताको जग नै वसालेका थिए । उनले २०२६ सालमा वुटवलबाट प्रकाशित हुने लुम्विनी सन्देश साप्ताहिकमा गुल्मीको समाचारदाताका रुपमा पत्रकारिता सुरु गरेको बताए । पन्थीले भने – संंयोग म आज यस अर्थमा बढि खुशी छु कि आज म जसको हातबाट सम्मान पत्र समाउँदैछु उहाँ नै (मोदनाथ प्रश्रित) उक्त लुुम्विनी सन्देश पत्रिकाको त्यति वेला सम्पादक हुनुहुन्थ्यो ।
पन्थीले विगतको स्मरण गर्दै भने –‘ उति वेला अहिलेको जस्तो पत्रकारित गर्न सहज थिएन , झन त्यति वेलाको विकट जिल्ला गुल्मीमा त सम्भवै थिएन् । त्यसैले २०२९ सालमा भैरहवाबाट खसोखास नामक साप्ताहिकको निकालेको हुँ । जुन वेला म सह–सम्पादक थिए । पछि २०३१ सालबाट गुल्मीमै वसेर हाम्रो पुरुषार्था नामक सहित्यीक पुस्तक प्रकाशित गरेका पन्थी त्यसका प्रधान सम्पादक हुन र उक्त पत्रिकालाई हाल सम्म निरन्तरता दिएर यहाँको धर्म–संस्कृति, ऐतिहाँसिक र विभिन्न समाजिक विषयहरुलाई ऐनाले झैं देखाउँदै आएका छन् ।
अहिले ६३ वर्ष उमरेको उमेरमा पनि पन्थी लेखन क्षेत्रमा युवा जोसकै साथ लागि परेका छन् । त्यस्तै रेडियो नेपालमा २०४४ सालमा लोक गीत रेकर्ड गराएका र ठेठ गुल्मेली गीतहरुको क्षेत्रमा महत्वपुर्ण योगदान पुराएका शान्तिपुरका वलबहादुर नेपाली र साहित्यको क्षेत्रमा महिलाहरुको तर्फबाट महात्वपुर्ण भुमिका निभाएको, समाजमा त्यति वेलाको नारी दासत्व, र रुढवादी पराम्परा विरुद्ध प्रत्यक्ष अगुवाई गरेर लडेकी अर्घाखाँचीकी कविता पौड्याललाई पनि सम्मान गरिएको छ ।
पुर्व मन्त्री मोदनाथ पश्रितकी धमी पत्नी रहेकी पौड्यालले भनिन्–‘ उहाँ मेरो श्रीमान भुमिगत राजनीति गर्नुहुन्थ्यो । १४ ÷१५ वर्ष जेल जिवन पनि विताउनु भयो । त्यस वेला मैले खेतवासीमा गएर हलो जोत्दा झण्डै गाउँ निकाला भएकी थिईन् । त्यस साहित्यीक सम्मेलनमा विभिन्न श्रष्टाहरुले कविताहरु वचन गरेक थिए ।
कायक्रममा गुल्मीको साहित्य क्षेत्रका तर्फ बाट वोल्दै साहित्यकार तथा प्राङ्गीक व्यक्तित्व दीन पन्थीले मोदनाथ जस्तो नेपाली साहित्यको खम्वाका समु आफुहरु साहित्यकार नभएको भन्दौ मोदनाथ पश्रित आफ्नो गुरु भएकोले उहाँलाई कोटीकोट प्राणाम गर्छु भने ।
कार्यक्रममा राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका दामोदर भुसालले मन्तव्य राखेका थिए । कार्यक्रमम विश्व नारी सहित्य सम्मेलन आयोजक समितिकी संयोजक मैना भण्डारीको अध्यक्षता र लक्ष्मी अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । आजै सम्मेलनको वन्दसत्रले नयाँ कार्य समिति गठन गर्ने जनाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend