साझा नेटवर्क
देबेन्द्र केसी/साझा नेटवर्क, भारत पौष ३।
भारत हुँदै तेस्रो मुलुकमा बेचिन लागेकी नेपाली महिलाको उद्घार भारतको राजधानी दिल्ली हुँदै तेश्रो मुलुक पुर्याइन लागेकी एक नेपाली महिलाको उद्धार गरिएको छ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था किङ्गडोम इनभेष्टमेन्ट नेपाल र दिल्ली महिला आयोगबीच मिलेर काम गर्ने भएको सहमति अनुसार गरिएको संयुक्त अभियानमा महिलाको उद्धार गरिएको हो ।
दिल्ली पुलिस, दिल्ली महिला आयोग र के आई नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा हानेर मेचीनगर झापा घर भएकी ४० वर्षिया एक महिलाको उद्धार गरेको हो ।
पुलिसले घटनाका सम्बन्धमा २६ वर्षिय नौसाद नामक व्यक्तिलाई पक्राउ गरेको छ । जानकारीका अनुसार उद्धार गरिएकी महिलालाई मनिषा शिवाकोटी नामक महिलाले कुबैतमा जागिर लगाइदिने प्रलोभनमा दिल्ली पुर्याएर नौसादको जिम्मा लगाएकी थिइन ।
सोधपुछका क्रममा नौसादले नेपालबाट महिलाहरुलाई तेश्रो मुलूक पुर्याउनका लागि पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका छन।
नेपाली महिला रहेको आशंकाका आधारमा गरिएको छापामारीका क्रममा ती नेपाली महिलाको उद्धार गरिएको के आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend