logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल दशनामी समाज कतारले राजदुत कोइरालासँग भेटघाट गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
विभिन्न स्थानमा छरिएर रहेका गिरि, पुरी, भारती, वन, पर्बत, सागर, सरस्वती, आरन्य, तिर्थ र आश्रम गरी दश थरका समुदायले आफनो साझा सस्थाको रुपमा “दशनामी एकता, आजको अपरिहार्यता” भन्ने मुल नारालाई अँङ्गिकार गर्दै हालै गठन गरिएको “नेपाल दशनामी समाज शाखा कतारले नेपाली राजदुतावास कतारका महामहिम राजदुत रमेश कोइरालासँग भेटघाट गरेको छ । समाजका प्रमुख संरक्षक, प्रमुख सल्लाहकार, अध्यक्ष, बरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत सदस्यहरुको टोलीले महामहिम राजदुत कोइरालालाई वहाकै कार्यकक्षमा भेट गरी गत नोभेम्बर २४ तारिकका दिन सम्पन्न साधारणसभाबाट गठित कार्यसमिति पदाधिकारीहरुको नामावली बुझाउदै दशनामी समाज स्थापनाको उदेश्य र यसका आगामी कार्यक्रमहरुको बारेमा बिस्तृत जानकारी गराएको छ ।दुतावासाको बैठक कक्षमा सम्पन्न भेटघाट कार्यक्रमको संचालन समाजका बरिष्ठ उपाध्यक्ष पदम गिरी दशनामिले गर्नु भएको थियो । सस्थालाइ दुताबासमा सुचिकृत गराई दिनुहुनको लागि सस्थाको नव निर्वाचित कार्यसमितिको नामावली र साधारणसभाबाट पारित विधानको प्रति राजदुत कोइरालालाई हस्तान्तरण गर्ने कार्य सस्थाका अध्यक्ष थम गिरी दशनामिले गर्नुभएको थियो ।

भेटघाटमा सहभागी दशनामिहरुलाई संक्षिप्त सम्बोधन गर्दै महामहिमले राजदुतावासका आगामी कार्यक्रमहरुका बारेमा बताउनुभएको थियो। दशनामी समाजलाई अन्य सामुदायिक र सामाजिक सस्थाहरुसंग सहकार्य गर्दै समस्त नेपाली समुदायको हितको पक्षमा काम गर्न सुझाव र शुभकामना दिदै यसका लागि राजुदुतावासको तर्फबाट गर्ने सकिने हर सहयोग हुने कुरामा आश्वस्त पार्नु भएको थियो । कार्यक्रममा दुतावासका सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend