logo
  • शनिबार, साउन ३० २०८३

अमेरिकाले नेपाली विषय विर्साए पनि एसलसीमा ८० प्रतिशत


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी आषाढ ३ ।
गुल्मी अर्जै–३ का रमन अर्याल पिता नगेन्द्र अर्याल र माता विन्दु अर्याल संग अमेरिका उड्दा ९ वर्षका थिए । कक्षा ४ पढ्दा पढ्दै पिएचडी गर्न पुगेका पिता संग अमेरिका पुगेर त्यहाँको विद्यालयमा भर्ना भएका रमनले नेपाली भाषा ज्ञान विर्सी सकेका थिए ।
raman 1
७ वर्ष त्यहाँको वसाई सकेर स्वदेश फर्किएका पिता अर्याल आफु त पिएचडी सकेर डाक्टर बनेर फर्किए तर छोरा रमनलाई स्कुलमा भर्ना गर्न निकै मुस्कील प¥यो नेपाली भाषाकै कारण । अर्याल भन्छन–‘ धेरै स्कुलले भर्ना गर्न नमाने पछि मेरा एउटा आँपचौरका रामेश्वर अर्याल भन्ने साथीकहाँ गएर उहाँको काठमाण्डौस्थित केएमसी स्कुलमा भर्ना गरी दिन आग्रह गरेको हुँ ।’
raman 2
उनले थपे –‘अमेरिकामा कक्षा ४ देखि ९ सम्म पढेको छोरा रमन यहाँ आएर कक्षा ९ मा पढ्दा नेपाली विषयमा अंक २५ ल्याएर फेल भए पछि एसएलसीमा मलाई चिन्ता त्यसैमा थियो तर छोराले यसपाली एसएलसीमा सोही विषयमा ८० प्रतिशत ल्याएर पास हुँदा सवै भन्दा बढि खुशी लागेको छ ।’
raman 4
काठमाण्डौको हिमालय कलेजमा अध्यापन गराउने डाक्टर अर्यालले केएमसी मै कक्षा ९ मा पढ्दै गरेकी छोरी रक्षाका लागि नेपाली विषय झन ठुलो समस्या देख्दै आएको भए पनि अव छोराले त्यो चिन्ता मेटाई दिएको बताए । अमेरिका लगायतका विभिन्न मुलुकमा छोरा छोरी राख्दा नेपाली भाषा कम्जोर हुने चिन्ता बोकेका अर्यालले आफ्नो फेशवुकमा हरेक वावु आमाको ध्यानकृष्ट समेत गराएका छन् ।

तर अमेरिका वसाईले नेपाली भाषमा कम्जोर रहेका रमनले केहि महिना अघि कर तथा राजस्व संकलन विभागले कर दिवसका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी निवन्ध प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेर वावु आमालाई चकित पारेका थिए । उनले उक्त प्रथम पुरस्कार वापत २५ हजार नगद अर्थन्त्री विष्णु पौड्यालको हातबाट पाएका थिए ।

raman   6

छोरी रक्षाले पनि खेलकुद लगायतका विभिन्न प्रतियोगितमा उत्कृष्ट भएर मेडल र प्रमाण पत्र प्राप्त गरेकी छिन् । अरु विषय भन्दा पनि अमेरिकाले विर्साएको नेपाली विषयमा छोराले बढि अंक ल्याएर पास भएको खुशी डाक्टर अर्यालले फेशवुक स्टाटसमा व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend