साझा नेटवर्क
अमेरिका ।
अमेरिकामा सडक दुर्घटनामा हुदा चार महिनाकी बालिका सहित नेपाली मुलका तीन भुटानीको मृत्यु भएको छ । टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा आइतबार राति भएको कार दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको हो ।
बाटोमा हिडीरहेको बेला एक ट्रकले उनीहरु सवार होण्डा सिभिक गाडीलाई हाइवे २८७ नजिकैको ब्लु माउण्ड रोडमा ठक्कर दिएको थियो । गाडी चालक डम्बर सहित अघिल्लो सिटमा रहेकी पवित्राको घटनास्थलमै निधन भएको थियो । गम्भीर घाइते भएकी बालिका उपचारको क्रममा कुक चिल्ड्रेन हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ ।
गाडीमा सवार अन्य दुई बालबालिका सहित एक ब्यक्ति घाइते रहेको र हाल उपचार भइरहेको बुझिएको छ । कामी परिवार, चर्चबाट घरतर्फ फर्किने क्रममा आईतबार राती आठबजे दुर्घटना भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend