logo
  • शनिबार, भाद्र २० २०८३

काँग्रेसमा नेतृत्व सँगै सैद्धान्तिक परिवर्तन जरुरी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-केवी थापा ।
१५ कार्तिक २००३मा “अहिंसात्मक साधनद्वारा जनताको सहयोगले राणा शासनको अन्त्य एवं जन उत्तरदायी सरकार निर्माणको मुख्य उदेश्यका साथ भारतिय भुमीमा अखिल भारतिय नेपाली राष्ट्रिय कांग्रेस नाम संगै ११ जनाबाट शुरु भएको कांग्रेस १४ चैत्र २००३मा मजदुर नेता तुलाराम तामाङको बर्बरता पुर्ण हत्या संगै तितो अनुभव बोकेर झनै फराकिलो हुँदै गएको र वि.स. २००४ बैशाख १ गतेबाट शुरु गरिएको सत्याग्रह आन्दोलन मार्फत तत्कालिन श्री ३ लाई समेत झुकाउन सफल भएको कांग्रेस आज समयको चक्रसंगै आफै झुक्नु अत्यन्तै दुखद र हास्यास्पद कुरा हो ।समयको माग संगै अघि बढ्दा न्युनतम साझा बिचार र मुद्दालाई मिलाउदैं अघि बढने अभियान कै अनुसार वि.स. २००६ मा सुवर्ण शम्सेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेस सँगको एकीकरण पश्चात् नामाकरण गरिएको नेपाली कांग्रेस लामो समयमा शत्तामा रहेर पनि बदलिदों परीवेश अनुरुप नभइ प्रतिकुल परिवर्तनले गर्दा आज मरणाशन्न अवस्थामा पुग्नु अस्वभाविक र अनौठो जस्तो लागेपनि वास्तब मै अनौठो मान्नु पर्ने केही छैन ।

सस्थापक नेताहरुको अन्त्य संगै समय सापेक्ष परिवर्तन गर्नुको साटो अदुरदर्शिता, स्वार्थ सिद्द एवं गलत नेतृत्व चयन, स्थापना कालको आफ्नो मुलभुत सिद्धान्त र बिचारको बिपरित प्रवाह नै कांग्रेसलाई यो अवस्थामा पुर्याउने मुख्य कारण हुन सक्छन भने अर्कोतिर केही हदसम्म भएपनी नेपाली माटो र नेपाली पनको गंध आउने नेपाली कांग्रेसलाई समाप्त पार्ने बैदेशिक चाल हुन सक्ने कुरालाई पनि नकार्न सकिन्न ।

पुर्व-पश्चिम राजमार्ग निर्माणका क्रममा दक्षिण कै दवाबमा उत्तरले पाएको निर्माणको ठेक्का समेत रद्द भएको अवस्थामा पुन त्यस सम्झौता एवं ठेक्का उत्तरलाई नै दिलाउन पहल गर्ने र नाजायज नै भएपनि आफ्नै कुलका भएका कारण पनि उत्तरले तथाकथित बामगठवन्धनलाई यथेष्ट सहयोग नगर्ने सवाल नै आउदैन भने आफुलाइ दक्षिण कै पुजारी मान्ने नेपाली कांग्रेस कतै दक्षिण कै पासोमा पो पारियो कि यो पनि सोचनिय विषय बनेको छ ।

अर्को तर्फ अहिलेको तथाकथित एकता सैद्धान्तिक, बैचारिक मेलले स्वतस्फूर्त नभइ स्वार्थ केन्द्रीत एवं नाफामुखी भएको कुरा सर्वबिदित नै छ । भर्खरै सम्पन्न स्थानिय चुनावको परिणामले एमाले नेतृत्वलाई सत्ता प्राप्तीको लागि आफुसंग प्रयाप्त जनाधार नपुग्ने समयमै मुल्यांकन गर्दै माओबादीलाई इमोसनल ब्ल्याकमेल गर्नु उस्को ठुलो कुटनैतिक चाल थियो ।

लामो समय सम्म जनयुद्धको नाममा निर्दोष जनताको रगतमा होलि खेलेको माओबादी केन्द्रलाई अन्तर्राष्ट्रिय अदालतले अझै पनि आतंककारीको बिल्लाबाट मुक्त नगरेको र आफ्नो जनाधार कमजोर हुँदै जाने देखेपछी ती मुद्दा पुन दोहोरिय आफ्नो लागि घातक सिद्द हुन सक्ने भएकै कारण आफूलाई बचाउनकै लागि बिचारको बेमेल कै वाबजुद पनि जवर्जस्ती एउटै हलको जुवामा नारिन बाध्य भएको यो गठवन्धन देश, जनता र पवित्र तिर्थस्थल अनि देवभुमी एवं ऋषिमुनिको तपोस्थलको सर्वांगिण बिकास र धरातलिय मुलभुत सिद्दान्तमा आधारित नहुदै जवर्जस्ति थोपिएको कुरा कसैबाट लुकेको छैन ।

तर समयको माग संगै सक्षम युवा वर्गमा नेतृत्व हस्तान्तरण नगर्नु केही व्यक्तिहरुकै वर्चस्व कायम रहनु र स्थपना कालका मुलभुत सिद्धान्तबाट बिचलित हुनु नै कांग्रेसको बर्तमान स्थितीको जिम्मेवार तत्व हुन । लामो समयसम्म सत्ता र भत्ताको भोग गरेको कांग्रेसले आफ्नो पौरख र पसिना बाध्यतवस विदेशी भुमीमा चुहाउन बिबस भएका लाखौं युवाहरुलाइ आफू प्रती आकर्षीत गर्ने रणनिती बनाउन नसक्नु या नचाहनु, प्रजातन्त्र नै आफ्नो मुलभुत उदेश्य भएको कांग्रेस सैद्धान्तिक र नैतिक लाइनबाट बिचलित हुँदै कहिले गणतान्त्रीक बन्न पुग्यो ।

सायद यो कुरा कांग्रेसका आफ्नै कार्यकर्तालाई समेत एथेस्ट ज्ञान नहुनु पनि बर्तमान अवस्थाको लागि जिम्मेवार तत्व हुन सक्छ । कारण एवं जिम्मेवार जो जस्लाइ देखाउदै दोसारोपण गरिए पनि यो अवस्था को जिम्मेवार कांग्रेस नेतृत्व नै हो यस्मा कसैको विमती नहोला । २०४२ मा करिव १२०० कार्यकर्ता रहेको कांग्रेस अहिले करिव ४२००० कार्यकर्ता हुदां पनि त्यो बेला भन्दा निकै कमजोर मात्र होइन अर्ध मुर्छित अवस्थामा नै पुगेको अवस्था स्वयं कांग्रेसीहरु नै स्वीकार छन् ।

कारण गन्ने नै हो भने धेरै हुन सक्छन तर यो समय भनेको कारण गन्नु र एक अर्कालाई दोष दिनु भन्दा पनि आफ्ना बिगतका गल्ती कमि कमजोरीलाई सच्याउदैं आफ्नो सहि बाटो मै फर्कनु उचित हुने कुरामा दुईमत छैन । अर्को तर्फ निस्पक्ष नै सम्पन्न भएको भनिए पनि अरुले हारे पनि कृष्ण सिटौला, बिमलेन्द्र निधि, बिजय गछ्दार, बामदेव गौतम, नाराण काजी, शेखर कोईराला, कमल थापा, दिपक बोहोरा, शुनिल थापा लगायत लामो समयसम्म राजनिती गरेका पुराना खेलाडी एवं राजनैतिक जोड-घटाउको हिसाबमा अब्बल पात्रहरुको हार अस्वभाविक र सङ्कास्पद छ भन्ने कुरालाई पुर्ण रुपमा नकार्न सकिन्न ।

अब उचित परामर्स एवं आत्म मन्थन गर्दै बिगतको बिपि र किसुन दा एव गणेशमानको बाटोमा फर्कदैं संबैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य स-साना दल र मोर्चालाई आफूसंग जोडेर अघि बढ्दै आफू वास्तविक धरातलिय देश र धर्मप्रती वफादार रहेको कुरा जनस्तर मै पुर्याउन नसक्ने हो भने अबको केहि समय पश्चात् कांग्रेस केवल एक ईतिहास बनेर रहन नसक्ला भन्न सकिन्न ।

समयले सबैलाइ मौका अवश्य दिन्छ नै चुनाव नै हो फेरि ५ वर्षमा हुन्छ हार जित स्वभाविक कुरा हुन यस्लाइ स्विकार्दै आफुलाइ आन्तरिक मजबुत बनाउदै यो समय आन्तरिक कलह, एक अर्का प्रती दोषारोपण गरेर विभाजनको संघारबाट जोगाउदैं पुनर्जीवित गर्दै यो अर्ध मुर्क्षित एवं अचेत अवस्थाबाट आफुलाइ पुनर्जीवित गर्नको लागि गम्भीरताका साथ आफ्ना मुलभुत राजनैतिक र सैद्धान्तिक लाइनलाई उचित मुल्यांकन र परिमार्जन गर्दै संबैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रको मुद्दालाइ नै मुख्यताका साथ उठाउदैं जनस्तरमा व्यापक रुपमा नजाने हो भने समयको चक्र संगै अचेत कांग्रेस मृत्यु को चिसो संगै सदा सदाको लागि बिलिन हुँदै ईतिहास बन्ने कुरा निस्चित नै छ भन्दा अतियुक्ती नहोला ।

अन्त्यमा नेपालमा बाम गठबन्धनले दुई तिहाइ अथवा तीन चौथाइ ल्याएर अधिनायकवाद ल्याओस । २४ घण्टा मा १४ घण्टा श्रममा जोतोस मलाई मतलव छैन तर त्यसको बदला नागरिक भएर आफ्नु सम्पत्ति विदेशि बैकमा राख्नेलाई पहिलो कारवाही गरोस् । विदेशी बैकमा राखिएका नेपाली नागरिकका रकम स्वदेश ल्याउने कारवाही चलाओस ।

नक्सामा मात्र हैन यथार्थमा रेल कुदाओस । ग्याँस, डिजेल, पेट्रोल प्रतिस्थापन गरेर विद्युत निर्यात गरोस् । नेपालका डाँडा-डाँडामा केवलकार पुराओस् । फलफूल निर्यात गरी जडिबुटी पहिचान गरी नेपालमै ओषधी उत्पादन गरी निर्यात समेत गरोस् । यति कुरा म नमरी आफ्नै आँखाले देख्न पाए “साम्यवाद” भनेको सत्ययुग नै रहेछ, भनेर विश्वास गरौलां । जयनेपाल, जय नेपाली ।


के.बि. थापा
प्युठान, नेपाल
हाल: दिल्ली, भारत


लेखक : आफ्नो व्यवसाय संगै सामाजिक कार्यमा अग्रसर एवं नेपाली र भारतिय राजनितीलाई नजिकबाट बुझ्ने व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend