logo
  • शनिबार, साउन ३० २०८३

जन्म दिनको अवसरमा आगलागी पीडितलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार अविरल पन्थी कतार।
गुल्मी बडागाउ वार्ड न. ७ निबासी विष्णु पौडेलले आगलागी पीडितका लागि १० हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । हाल अमेरिकामा रहदै आएका विष्णुले आफ्नो जन्म ठाउ गुल्मी बडागाउमा आगलागीबाट पिडित बनेकालाई राहात स्वरूप उक्त सहयोगको घोषणा गरेका हुन।
13228129_1082547201817270_679610992_n
मानिसहरु आफ्नो जन्मदिनको अबसरमा जन्म दिन मनाउन फजुल खर्च गरिरहेका हुन्छन तर विष्णुले आफ्नो जन्म दिन मनाउनका लाग्ने खर्च कटाएर आगलागी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरे । जन्मदिन तथा अन्य अबसरका नाममा हुने फजुल खर्चलाई कटाएर यस्ता कल्याणकारी काममा प्रयोग गर्नुपर्ने उनले बताए ।

गुल्मी जिल्लामा लामो समयदेखि पत्रकारितामा कृयाशील रहदै अमेरिकामा समेत सञ्चार क्षेत्रमा कृयाशील रहेका बिष्णु गुल्मी टाईम्स डटकमका समाचार सहयोगी पनि हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend