साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी आषाढ ३।
चारतारे युवा क्लब सिवाइसी नेपालको लघुबित्त कार्यक्रम बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि गुल्मीको वामिमा सम्पन्न भएको छ । सिवाइसीको पुर्व वामी गाबिसका निर्देशक सुमित्रा भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्माको प्रमुख आसितथ्ता रहेको थियो ।
रेडियो पुष्पाञ्जली तथा उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्य, संस्थाको आजिवन सदस्यहरु डिल कुमारी मल्ल, हिमा खराल तथा शाखा प्रमुख, प्रबक्ता, निर्देशक, तथा संस्थामा आबद्ध करिब १०० जना महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित महिलाहरुले यस संस्थाको खुलेर प्रशसा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले हामीले देशको बिकासको लागी नेताहरुलाई गाली गर्नुभन्दा आफै लाग्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमले निर्देशक सिजन बौद्धाचार्य, उपनिर्देशक तुल्सी गुरुङ, प्रबक्ता खिमा खड्का, टिका भट्टाइ सचिब, टिकाकला सिँह कोषाध्यक्ष, बालकुमारी राकसकोटी, सिता गौतम, सुमित्रा भण्डारी, उषा थापा, सिता बस्नेत सदस्यहरुमा रहनुभएको छ । भने वामीको शालीमे शाखा प्रबन्धक कृष्ण ढकालको स्वागत रहेको कार्यक्रमको सञ्चालन बरिष्ठ शाखा प्रबन्धक शान्ति शर्माले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend