logo
  • शनिबार, भाद्र २० २०८३

पहिलो पटक नेपालमा मिस विस्वकर्मा २०१६ हुदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुर्य चन्द, काठमाडौँ आषाढ २।
जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफु संग भएको कला क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न पहिलो पटक नेपालमा तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचानको लागि क्रियटिभ इनसाइट मिडियाले आयोजना गर्न लागेको “मिस बिस्वकर्मा २०१६” हुन् लागेको छ ।
miss bisws profile
दलित समुदायलाई प्रतिनिधित्व गर्दै नेपालमा पहिलो पल्ट सम्भबत नेपालकै जातीयता भित्रको ठुलो सौन्दर्य प्रतियोगिता “मिस बिस्वकर्मा २०१६” आयोजना गर्न लागीएको आयोजक समितिले जनाएको छ। नेपालमा बर्षैनी एक सय भन्दा बढि सौन्दर्य प्रतियोगिता हुने भएता पनि यो प्रतियोगिता भने विशुद्ध युवाहरुको व्यक्तित्व विकास, सञ्चार क्षमता एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास सम्बन्धि विषय आदि कुराहरु विकास गर्न नेपालकै पहिलो पटक हुन लागेको हो ।
miss biswokarma
असारको पहिलो हप्ताबाट अडिसन फर्म खुल्न लागेको यस प्रतियोगितामा सहभागिताको लागी अग्रीम बुकिङ सिस्टम भने सुरु भई सकेको छ । अरु प्रतियोगिता भन्दा फरक र ग्राण्ड गर्न लागिएको यस प्रतियोगिता घोषणा पुर्वनै विभिन्न प्रायोजक हरुले कार्यक्रमलाई स्पोन्सर एंव सपोर्टरको रुपमा साथ दिने भएका छन् भने नेपाल टेलिभिजनको एकमात्र टेलिफिल्म हाक्का हाक्की अफिसियल टेलिफिल्म पार्टनरको रुपमा रहने भएको छ ।

नेपालमा पछिल्लो समय भैरहेको सौन्दर्य प्रतियोगितामा भए गरेका कमि कमजोरीहरुको वारेमा अन्य प्रतियोगिताका विजेता, उपविजेता एंव सहभागिहरु सँग वृहत छलफल गरेर कार्यक्रम सुरु गर्न लागिएको आयोजक समितीका एक सदस्यले बताए । यस प्रतियोगिताको कार्यक्रम संयोजन युवा पुस्ताका चर्चित एमसी राज बराइली रहेका छन् ।

परिवर्तन मिडिया हाउसको म्यानेजमेन्ट रहने यस सौन्दर्य प्रतियोगिताको मुख्य उद्येश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको ईभेन्ट म्यानेजर राज बराइली बताउछन । सम्पर्कको लागि राज बराइली मोबाइल न. ९८०८३६६५४०, सुर्य चन्द , ९८४१०३९५११।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend