logo
  • शनिबार, भाद्र २० २०८३

बसन्त फिल्मसले गर्यो राष्ट्रिय कलाकारहरु सम्मान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार ।
“प्रवासमा नेपाली कलाकार एक हौ नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मुल नाराका साथ कतारमा सन २०१५ मा स्थापित बसन्त फिल्मस् प्रालिद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । बाँके प्रवासी सेवा समाज कतारको आयोजनामा प्रथम वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम २०१७ का लागि कतार आएका सर्जक तथा गायक सन्तोष केसी, लोक तथा दोहोरी गायक बिरु लामा, डान्सर तथा मोडल बिनु खड्का, गायिका बिन्दा परियार सम्मानित भएका हुन ।

दोहाको मुग्लिना स्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा आयोजित सम्मान कार्यक्रममा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक, एवं राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका मानार्थ सदस्य ईश्वर काफ्लेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव समितिका सदस्य कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । फिल्मसका प्रमुख व्यवस्थापक शरद कुमार पाण्डेको स्वागत मन्तब्य तथा महासचिव मोहन शाहको सञ्चालन रहेको कार्यक्रममा सस्थाको पृष्ठ भूमिको बारेमा केन्द्रिय सदस्य तिलु शर्मा पौडेलले स्पष्ट पारेका थिए ।

कार्यक्रममा सर्जक तथा गायक सन्तोष केसी, लोक तथा दोहोरी गायक बिरु लामा, डान्सर तथा मोडल बिनु खड्का, गायिका बिन्दा परियार त्यस्तै नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, प्रवासी मंच कतारका अध्यक्ष चानक पोख्रेल, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, लमजुङ सेवा समाजका सल्लाहकार तथा समाजसेवी कृष्ण बराल, पाल्पाली सेवा समाजका उपाध्यक्ष हेम बगाले, समाज सेवी झविन्द्र आचार्य लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु, कलाकारहरु, लगायतका व्यक्तित्वहरु विशेष अतिथि रहेका थिए ।

साथै गित सङ्गीतलाई माया गर्नेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बसन्त फिल्मसको खुलेर चर्चा तथा प्रसंशा गर्दै कलाकार राष्ट्रको गहना भएकोले कहिले र कहिँ पनि बिचलित नभई सदैव कलाकारीता क्षेत्रमा लाग्न अनुरोध गर्दै साँगितिक तथा व्यक्तिगत जिवनको यात्रा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य कुमार कार्की, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, लमजुङ सेवा समाजका सल्लाहकार तथा समाजसेवी कृष्ण बराल लगायतले बोलेका थिए । त्यस्तै सर्जक तथा गायक सन्तोष केसीले बोलेका थिए । कलाकाहरुले बसन्त फिल्मसबाट सम्मानित हुन पाउँदा आफुहरु निकै भाग्यमानी भएको बताउदै बसन्त फिल्मसलाई कहिल्यै भुल्न नसक्ने बताउदै फिल्मसको सम्पूर्ण परिवार प्रति हार्दिक आभार प्रकट गरे ।

बसन्त फिल्मस् प्रालीले आफ्नो यात्रालाई निरन्तरता दिदै अहिलेसम्म १०७ जना कलाकारलाई सम्मान गरि सकेको छ । साथै फिल्मस कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा अग्रपङ्क्तिमा रहदै आएको छ । कतारमा विभिन्न समयमा आयोजना हुने वीवीध सास्कृतिक कार्यक्रमहरुमा विभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।

फिल्मसका प्रबन्धक निर्देशक तथा कार्यक्रमका सभापति काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई जोगाउन यहाँहरुको साथ र सहयोगले आज यहाँसम्म आउन सफल भएको बताए ।

आगामी दिनहरुमा पनि नेपाली कला र सस्कृतिलाई टेवा हुने काम गर्ने बताउदै बाके प्रवासी सेवा समाज कतार तथा उपस्थित सबैलाई धन्यवाद दिदै कलाकाहरुलाई मातृभूमिको यात्रा तथा साँगितिक यात्रा सफलताको शुभकामना दिएका थिए ।

स्मरण रहोस : बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत विपतमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend