साझा नेटवर्क
साझा नेटवर्क, कार्तिक २८।
नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको छ। एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।
बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो ।यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको हो ।
प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन भारत यस हारसँगै समूह चरणबाटै बाहिरिएको छ।
नेपाल, बंगलादेश, भारत र मलेसिया रहेको समूह ए मा नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend