logo
  • शनिबार, भाद्र २० २०८३

काभ्रेपलाञ्चोक सेवा समाज कतारको प्रथम स्थापना दिवस सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

एम पी पोखरेल, कतार ।
“प्रबासी काभ्रेली एक हौँ ,कतारमा काभ्रेली कोही नछुटुन” भन्ने नाराका साथ गत बर्ष स्थापना भएको काभ्रेपलाञ्चोक सेवा समाज कतारले आफ्नो स्थापनाको प्रथम बर्षगाँठ पारेर बिभिन्न साँगितीक कार्यक्रमहरुका साथ बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको छ ।
कतारको सनैया स्थित ग्राण्ड मलको एम आर ए रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा कतार स्थित नेपाली नियोगका द्दितिय सचिब हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यरहेको थियो ।

सँस्थाका अध्यक्ष नन्दप्रसाद ढुङ्गानाको सभापतित्वमा सँञ्चालीत कार्यक्रममा ब्यानर अनाबरण ,पानशमा बत्ति बालिनुका साथै सँस्थाको बार्सिक उत्सबको केक समेत काटिएको थियो ।
कार्यक्रममा गैर आबासिय नेपाली सँघका मध्यपुर्ब सँयोजक तथा ब्याबसायी आर के शर्मा , गैर आबासिय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरु कुमार कार्की र बिमल सुबेदी ,प्रबासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल ,नेपाली जनसम्पर्क समीती कतारका महामन्त्री मोहम्मद अजिज अलि ,समाजसेवी ब्याबासायी टी बी कार्की ,समाजसेवी ब्याबासायी कमल घिमिरे ,सामाजिक अभियान्ता सागर नेपाल, नेपाल पत्रकार महासँघ कतारका अध्यक्ष पत्रकार गणेशप्रसाद बण्जाडे ,तथा अन्यल प्रतिनिधहरुले बिशेस आतिथ्यता प्रदान गर्दै शुभ कामना मन्तब्य दिएका थिए ।

त्यस्तै ,समाजसेवी तथा पुर्ब गैर आबासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेश तामाङ,पत्रकारहरु तथा बिभिन्न सँघ सँस्थाका प्रतिनिधी ,जातिय र राजनैतिक भातृसँगठनका प्रतिनिधी लगाएत कतारमा स्थापित जिल्ला सँस्थाका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

साथै स्थानिय कलाकारहरुको उपस्थीती रहेको उक्त कार्यक्रम औपचारीक र साँगितिक गरी दुई चरणमा गरिएको थियो । औपचारीक कार्यक्रमलाई सागर अधिकारीले सँञ्चालन गरेका थिए भने सँस्थाका सचिब राजन सापकोटाले स्वागत मन्तब्य राखेका थिए । सँस्थाका महासचिब गौरब अधिकारीले प्रगती प्रतिबेदन प्रस्तुत गर्दै बिगत एक बर्षको अन्तरालमा सँस्थाले गरेका कार्यहरुको बिबरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली नियोगका द्दितिय सचिब अर्यालेले आफुले बिगत देखी आज सम्म नियोगमा रही नेपाली प्रबासी कामदारहरुका पक्षमा गरेका काम बारे जानाकारी गराएका थिए । दुताबासमा समस्याका चाङ रहेको भन्दै उन्ले समस्याका प्रकृती हेरी प्राथमिकतामा राख्दै समाधान गरिने र गरिरहेको बताए । उन्ले आफुले हरेक कामदारका समस्यालाई नजिकबाट नियालेको र हर समस्याका समाधान गरेका बिगतका अनुभब समेत बाँडेका थिए ।

बादबिबादमै सिमित रह्यो शुभ कामना मन्तब्य

कार्यक्रमको दोश्र्रो चरणमा रहेको साँगितीक कार्यक्रमलाई कलाकारहरु रमा तिमल्सिना र किरण गौतमले सँञ्चालन गरेका थिए भने साँगितीक झलकहरु बिच बिभिन्न अतिथिहरुको शुभकामना मन्तब्य जोडिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य सँस्थाका प्रतिनिधी या पदाधिकारीहरुले दिने गरिन्छ तर प्रत्यक बक्ताई स्वागत मन्तब्य दिन बार बार आग्रह गरिएको थियो भने बक्ताहरुले आ आफ्नै ढँङ्गले शुभ कामना नै दिएर गएका थिए ।

काभ्रेलीहरु शुभ कामना पर्खिराखे तर शुभ कामना भन्दा पर राजनैतिक तुश र भडाँस निकाल्ने मन्तब्यहरु आए । कार्यक्रममा शुभ कामना दिन आएका डिल भट्टराईले गैर आबासिय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय परिषदको बिगतको काठमाण्डौमा आयोजित चुनाबी मसलालाई आधार बनाउँदै खरो शब्दमा कटाक्ष गरेका थिए ।

यदि सामाजिक सँस्था हो भने चालिसौँ हजार रियाल किन लिईयो भन्दै उन्ले प्रतिप्रश्न गरे तर उत्तर नआए पनि बिरोध भने तुरुन्तै भयो । यसैबिच सदैब प्रेरणा र समाज परिबर्तनका चार मिठा शब्द खर्चिने मृदभासी सामाजिक अभियान्ता सागर नेपालले प्रश्न प्रतिप्रश्न र सवाल अनि गहन बक्तब्य दिए ।

उन्ले समाज नधमिल्याउन आग्रह गर्दै समाजलाई होईन ब्याक्तीलाई सच्चिन आग्रह गर्दै यदि कसैमा खोट छ भने प्रस्ट ईगिँत गर्न अनुरोध गरे ।

गैरआबासिय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय परिषदका पुर्ब उपाध्यक्ष समेत रहेका ब्याबसायि तथा सामाजिक अभियान्ता टि बी कार्कीले बिरोध र कटाक्ष दुबै गरेनन तर समाजलाई आफुले योगदान गर्छु भन्दै गर्दा समाजसेवामा आफुलाई समाहित गर्दै गर्दाका अबिश्मरणीय युक्ती बिश्लेषँण गरे ।

समाजसेवी तथा ब्याबसायी आर के शर्माले काभ्रेलीहरुलाई शुभकामना दिँदै आफ्नो कर्तब्यमा सदा लागीरहेको समाजको प्रशँसा समेत गरे।

पत्रकारहरु एम पि पोखरेल र दिलकुमार श्रेष्ठ सम्मानित

काभ्रेपलाञ्चोक सेवा समाजको स्थापना कालदेखी शहयोगी भुमीका निर्बाह गर्दै शुचना प्रबाहमा अहम भुमीका खेलेकोमा राजधानि अन्तराष्ट्रिय साप्ताहीकका दिल कुमार श्र्रेष्ठ र नेपाल पत्रकार महासँध कतार साखाका कार्यसमीती सदस्य एम पि पोखरेललाई समाजले प्रसँसापत्रका साथ सम्मान गर्यो।

कलाकारहरुलाई सम्मान

काभ्रेपलाञ्चोक सेवासमाजको बार्सिकउत्सबमा आफ्नो कला प्रस्तुत गरेका कलाकारहरु तथा बिगतमा सँस्था सँग समिपमा रही योगदान दिनुहुने बिभिन्नि बिधाका कलाकारहरु लोक दोहोरी गायक रित कुमार श्र्रेष्ठ,गायिका नानु घले तथा हाँस्यकलाकार राजेश तिमल्सिना, रमा तिमल्सिना , किरण गौतम आदीलाई सम्मान पत्रले सम्मान गर्यो।

काभ्रेपलाञ्चोक सेवा समाजका अध्यक्ष नन्दप्रसाद ढुङ्गनाले सभापतिको आशनबाट आधिकारीक रुपमा कार्यक्रम समाप्तीको घोषँणा गर्दै समस्त काभ्रेलीहरुलाई धन्यबाद दिए । एक बर्षको अन्तरालमा सँस्थाले गरेका कामहरुको छोटकरीमा समिक्षा गर्दै ढुङ्गनाले अबका दिनहरुमा अँझै समाजसेवाको क्षत्रमा काभ्रेले रचनात्मक कार्यहरु गर्ने दृणता प्रकट गरे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend