साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी कार्तिक २७ ।
नेशनल प्याथ ल्याब तम्घास गुल्मीले गरिव तथा विपन्न परिवारलाई मध्ये नजर गरेर दुई दिने निशुल्क मृगौला तथा सुगर परिक्षण शिविर संचालन गर्ने भएको छ । विश्व मधुमेह दिवसको अवसरमा कार्तिक २८ र २९ गते शिविरको आयोजना गरिएको संस्थाले जनाएको छ ।
यो गरिव र विपन्न परिवारका लागि मौका भएपनि सवै वर्ग समुदायका व्यक्तिलाई निशुलक मृगौला र सुगरको परिक्षण गरिने नेशनल प्याथ ल्यावका इन्चार्ज होम पल्लीले बताए । ‘आर्थिक अभावमा कतिपय परिवार स्वास्थ्य परिक्षण नै गर्दैन, उनले भने,‘ रोग लागेपछि हजारौ रकम खर्च हुन्छ ।
त्यसैले त्यस्ता परिवारका व्यक्तिहरुले समयमै स्वास्थ्य परिक्षण गराएर सचेत रहनु भन्न शिविर आयोजना गरिएको पल्लीले बताए । यी दुई समस्याको चेकजाँच गर्न पनि थुप्रै रकम लाग्ने गर्दछ । त्यस कारण धेरैलाई यो सेवा लिन उनले आग्रह समेत गरे ।
के हो नेशलन प्याथ ल्याव
यो ल्याव संचालन भएको धेरै समय भएको छैन । तर समुदाय माझ लोकप्रिय बन्दै गएको छ । सामान्य जाँच देखि बिशेष प्रकारका जाँचहरु अहिले जिल्लामै सम्भव भएका छन् । जसका लागि अत्याधुनिक उपकरणहरु तथा दक्ष प्राबिधिक जनशक्तिहरु सहित संस्थाले शाखा स्थापना गरेको छ ।
लगानी र सुविधाका हिसावले यो जिल्लामै सवै भन्दा ठुलो ल्याव हो । प्रयोगशालामा विभिन्न हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब, रगतको कल्चर, पाठेघरको क्यान्सरको जाँच तथा अन्य क्यान्सरको जाँच र होल बोडी चेकअपको प्याकेज समेत रहेको राखेको छ ।
साथै परीक्षणका लागि घरबाटै नमुना संकलन गर्न सकिने र बिरामी वा आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सकिने व्यवस्था संस्थाले गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend