logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा अक्टोबर क्रान्तिको शत वार्षिकी कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, कतार।
कतार नेपाली एकता समाज द्वारा आयोजित शतवार्षिकी कार्यक्रम अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं नयाँ पिढिबाट हजारौं क्रान्तिकारीहरु भर्ना गरौं भन्ने मूल नाराका साथ दोहा स्थित टपफम रेस्टुरेन्टमा सम्पन्न भएको छ।
देशमा भएका ठूला साना संर्घमा आहुति दिने ज्ञात अज्ञात योद्धाहरुप्रति एक मिनेट मौन धारण गरि शतवार्षिकी कार्यक्रम सम्पन्न गरिएको छ। महासचिव खिम बूढा मगरको संञ्चालनमा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी समाजका अध्यक्ष लुमाकान्त पुन मगर अथितिहरुमा,अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर,पूर्व अध्यक्ष दावा लामा,द्धितिय उपाध्यक्ष राम इन्दल थिङ,सचिवालय सदस्य हेमन्त वाईवा,के.स कोषाक्ष्धक्ष धन बहादुर परियार,रहनु भएको थियो।त्यसैगरी महिला विभागकी अध्यक्ष अमिना खान,प्रदेश सभाका समानुपातिक उम्मेदवार जानुका बस्नेत (खडका) बुद्धिजीवी विभागका अध्यक्ष हरि प्रसाद शर्मा, रक्तिम विभागका सल्लाहाकार खगेश्वर भूषाल,एरियाबाट उपस्थि रहनु भएको थियो। कार्यक्रमलाई सफल पार्न आउनु भएका सम्पुर्ण अतिथीहरुलाई संस्थाका सचिव विष्णु थापाले स्वागत गर्नु भएको थियो।त्यसैगरी सनैया लेवर सिटीका अध्यक्ष रेशम रोका,सलता एरिया,शालिकराम पुन,सहलिया एरियाका अध्यक्ष लक्ष्मण कोईराला,दोहा एरिया समितिका गिरी काउछा मगर, मन्सुरा एरिया अध्यक्ष जे.वि राउत सनैया एरिया अध्यक्ष थममन थापा उपस्थि रहनु भएको थियो ।अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्देश्य र औचित्यको विषयमा प्रस्ट पार्नु भएको थियो ।

अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम एउटा विश्वव्यापी कार्यक्रम हो त्यसको लागि हामीले एक वर्षको समय निर्धारित गरेको वताउदै यही बीचमा विभिन्न कारणबस पनि शतवार्षिकी कार्यक्रम तीब्ररुपमा अगाडी बढी रहेको अवस्थामा आगामी दिनहरुमा जोडदार रुपमा निरन्तरता दिने उहाँले वताउनु भएको छ।

यस्तैगरी महिला विभागका अध्यक्ष अमिना खानले आफ्ना भनाई राख्दै भन्नु भयो यो शतवार्षिकी कार्यक्रम यहाँ मात्रै सिमति नभई संसारभर आयोजना भइरहेको जानकारी गर्दै अब आउने दिनहरुमा आम महिला दिदी बहीनीले समान्न हकअधिकार का लागि लडी रहेको अवस्थामा महिला दिदी बहिनीहरु एक भएर अगाडी बढ्नु पर्ने बताइन।

अन्तमा कार्यक्रमका प्रमुख अतिथी लुमाकान्त पुन मगरले कार्यक्रम शौहार्दपूर्ण रुपमा कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend