साझा नेटवर्क
बिजय कुमार मगर, कतार ।
नेपाल मगर संघ शाखा कतारले संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा शुक्रबार संघका मानार्थ सदस्य तथा कलाकार रोशिका लामालाई स-सम्मान बिदाई गरेको छ । लामा कतारको बसाइलाइ बिट मार्दै नेपाल फर्कन लागेको अवसरमा दोहा स्थित नेपाली आगन रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी स-सम्मान बिदाई गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी स्वयम् रोशिका लामारहेका थिए भने विशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर अतिथिहरुमा सल्लाहकारहरु भिम तरामु मगर, जनक थापा मगर, डि एन मगर , लिलम्बर चिदी मगर, प्रवाशी भुजेल सेवा समाजका कोषाध्यक्ष सन्तोष भुजेल , दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समितिका अध्यक्ष श्याम पुलामि मगर र मगर संघ कतारका मानर्थ सदस्य टेक रसाइली रहेका थिए भने कार्यक्रममा मगर संघकतार लाई माया गर्ने कलाकारहरुका साथै मगर तथा गैर मगरहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा उपस्तिथि सम्पुर्ण लाई संघका प्रथम उपाध्यक्ष अभिमत पून मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए । कार्यक्रममा उपस्तिथि रहेकाहरु सम्पुर्णले लामालाइ खादा ओडाएर सम्मान गरेका थिए भने संघका तर्फबाट विशेष अतिथि बाट कदर पत्र र सभापति, अथितिहरुबाट मायाको चिनो प्रदान गर्दै दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
साथै कला तथा सास्कृती बिभागको तर्फबाट मायाको चिनो कला तथा सास्कृतिक बिभागका संयोजक भुपेन्द्र रिखाम मगर र कलाकारहरुबाट प्रदान गर्नु भएको थियो ।भने प्रवासी भुजेल सेवा समाजबाट मायाको चिनो कोषाध्यक्ष सन्तोश भुजेल र कलाकार गीता भुजेल बाट प्रदान गर्नु भएको थियो ।
मन्तव्य राख्दै अतिथिहरु भुपेन्द्र रिखाम मगर, अशोक आले मगर, टेक रसाइली, लिलम्बर चिदी मगर, डि एन मगर , जनक थापा मगर ,भिम तरामु मगरल, विशेष अथिती महेन्द्र थापा मगर ले उहाँले संस्थामा गरेका योगदानको चर्चा गर्दै उहाँको उज्ज्वल भबिस्यको शुभकामनाका साथ यात्रा सफलताको कामना व्यक्त गर्नुभएको थिए ।
बिदाई हुनु भएका लामाले मगर संघ कतारले दिएको सम्मानका निम्ति मगर संघ कतार र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आफू जहाँ रहेपनि मगर संघ कतारले दिएको सम्मान नबिर्सने र मगर संघ कतारलाई आफुले सक्ने सहयोग गरिरहने साथै आफ्नो कलाको माध्यम बाट गर्नसक्ने सहयोगका लागि कहिले पछि नहट्ने प्रतिबद्धता गर्नुभयो ।
अन्तमा कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले मगर संघ कतारले आफ्नो मानर्थ सदस्य तथा कुशल कलाकार लाई बिदाई गर्नु पर्दा दुखी भएको साथै उहाँको उज्ज्वल भबिस्यको कामना र यात्रा सफलताको शुभकामना गर्दौ उपस्तिथि भएका सम्पुर्णलाई धन्यवाद दिएर कार्यक्रम सामापन गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend