साझा नेटवर्क
साझा नेटवर्क संवाददाता, भारत ।
नेपाली कम्युनिष्ट आन्दोलनको यात्रामा १७ असोज २०७४ नेपाली जनताको लागि वडा दशैंको उपहार सहितको महान उपलब्धिको दिन सावित भएको छ । अप्रत्याशित र अपत्यारियो यो महान कार्यको थालनी गर्ने माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड र एमाले अध्यक्ष कमरेड केपी ओली श्रमजिवि नेपाली मात्र हैन, विश्वकै श्रमजिवि नेताको अन्तराष्ट्रिय आकर्षण बन्न सफल हुनु छ ।
नेपाली जनताले अलग, टुटफुट र विभाजनको शिकार भएका नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकत्रित गर्ने यात्रा ७ बुँदे लिखित प्रतिवद्धता सार्वजनिक गर्ने नेता कमरेडहरु प्रति श्रमजिवि र उत्पिडित प्रवासी नेपाली जनताले लालसलाम सँगै हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् ।
नेपालको रास्ट्रीय राजनैतिक दल माओवादी केन्द्र र एमाले पार्टीको जनबर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मंचका केंद्रीय सचिब आरबी खड्काको नेतृत्वमा क्षेत्रिय अध्यक्ष ज्ञान बहादुर केसी, केंद्रीय सदस्य अर्जुन दयाल, केंद्रीय सदस्य मानु क्षेष्ठ र प्रवासी नेपाली संघ भारतका केंद्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा केंद्रीय उपाध्यक्ष सीता अधिकारी, केंद्रीय सहलकार कबि कार्की, केंद्रीय सदस्य बेध प्रशाद भण्डारी राज्य सचिब बिमल प्रशाद पौडेल लगायतको उपस्थिति थियो ।
बाम गठबन्धनलाई स्वागत गर्दै भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा नोभेम्बर ८ तारिखका दिन होटल स्टार फ्लावर इन पहाड़गंज नई दिल्लीमा एमाले निकट प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारिको नेतृत्वमा समुक्त बैठक बसी मह्तवपूर्ण निर्णय गरिएको छ ।
त्यस्तै १९ नोभेम्बरका दिन भारतको राजधानी नयाँ दिल्लीमा दुबै सङ्गठनले नेपालमा आसन्न प्रतिनिधी सभा र प्रदेस सभाको चुनावलाई मध्यनजर गर्दै संयुक्त कार्य्रकम गर्ने निर्णय गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend