साझा नेटवर्क
बाबुराम थापा, मलेसिया ।
सांगीतिक यात्रालाई शब्द सर्जक तथा मोडल बिष्णु मल्ल ठकुरीले दाब्रे छातिमा मुटु संगै राखेर, निरंतरता लिनु भएको छ । सर्जक मोडल बिस्णु मल्ल मोडल र शब्द शर्जक मात्र नभएर भिडियो छायांकनको रुप रेखा कोर्दै केमरा मेन पनि भन्नू भएको छ । मल्ल मोडलले पहिले सानू सांगीतिक यात्रालाई अङ्गालेर अहिले दर्शकहरुको मनमा बस्दै सबैको माया र सल्लाह सुझावले भरीपुर्ण हुँदै झनै सांगीतिक यात्रालाई अगाडी बढाउदै जानू भएको छ ।
मोडल तथा सर्जक मल्ल अहिले केमरा मेन पनि बन्दै हुनुहुन्छ । मल्लले दर्जनौं गितमा सब्द गरेको र मोडलको यात्रा पनि संग-संगै लिएको र बताउनु भएको छ । एकपछि अर्को गर्दै राम्रो साथिको संगतले मलाई पनि लोक गित प्रती समर्पित हुने र हरेको कुराको बिकास गरेको बताउनु भएको छ ।
यस्तै कुसल साथिहरुको माया र प्रेरणा आँझै पाएपछि मोडल मल्लको जीवन संधै खुशी भन्ने र आफूलाई माया प्रेरणा दिनु भएको दर्शकहरुको जीवन प्रती पनि बग्ने आँसु रोक्दै खुशी दिने बताउनु भएको छ । छोटै समयमा सांगीतिक यात्रा प्रती समर्पित भएतापनि लाखौं दर्शकहरुको माया पाएको बताउनु भएको छ ।
मल्लले मोडल र शब्द, सर्जक हुँदै गर्दा उहाँको अति मिलन सार मल्ललाई यो बाटो प्रती संगाल्ने मित्र कमल संसार भएको बताउनु भएको छ । मोडल मल्लले फेरि कमल संसार कै माया र प्रतिक्रियाले क्यामेरा म्यानको काम पनि अवलोकन गरि सक्नु भएको छ ।
मोडल मल्लले आफ्नो भिडियोमा पराई जस्तो क्यामेरा म्यान र डाइरेक्टर कमल संसारले नै गरेकोले अहिले आफुले डाइरेक्टर र कमल संसारलाई मोडलको रुपमा अघि बड्न सल्लाह सुझाव दिनु भएको छ । मोडल मल्लले फेरि पनि अति मिलनसार मित्र कमल संसारलाई मोडलिङ् गर्न अनुरोध गर्दै आफुने भिडियो छायांकन गरेको बताउनु भएको छ।
बिनोद मगरको शब्द, कमल संसार र बिनोद मगर कै स्वर मा रहेको अति मार्मिक लोक दोहोरी गित बिरामीमा कमल संसारलाई मोडल बनाउदै मल्लले भिडियो छायांकन गरेका छ्न । गित मार्मिक भएकोले भिडियो छायांकन गर्दा पनि मेहनत गरेर भिडियोलाई दर्शकहरु समक्ष पुराउने र दर्शकहरुको मन जित्न सफल रहोस् भनेर निकै मेहनतका साथ भिडियो छायांकन गरेको मोडल तथा शब्द सर्जक बिष्णु मल्लले बताउनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend